News Portal

देउवाले दोहर्‍याए: भारतले जारी गरेको नयाँ नक्सामा प्रधानमन्त्री ओलीको सहमति छ !

हिमाली संचार संवाददाता
६०२ पटक

मोरङ १०, २०७६ मंसिर : कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक परिषदलाई शाही आयोग जस्तो बनाउने खोजेको आरोप लगाएका छन्।

सरकारले ल्याउन लागेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश कांग्रेसलाई मान्य हुँदैन, विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा देउवाले भने, सरकारले सवैधानिक परिषदलाई शाही आयोग जस्तो स्वेच्छाचारी बनाउन लागेकोले हामीलाई मान्य छैन।

२०४८ सालदेखि चलिआएको संवैधानिक परिषदसम्बन्धी ऐन अहिले किन बदल्नु पर्‍यो ? त्यो हामीलाई मान्य हुँदैन। परिषद्को बहुमतबाट संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्न सकिने गरी अध्यादेश ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले पारित गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ। परिषद्सम्बन्धी ऐनमा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति गर्दा सहमतीय आधारमा मात्रै निर्णय गर्नुपर्ने व्यवस्था छ। सभापति देउवाले भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेर्दासमेत सरकारले केही गर्न नसकेको टिपपणी गरे।

‘काश्मीरको सबै भू-भागसँगै नेपालको पनि भू-भाग समेटर भारत सरकारले नक्सा जारी गरेकोबाट भारत सरकारले नेपाल र पाकिस्तानलाई बराबरै हेरेको बुझिन्छ,’ उनले भने, ‘भारतले पनि कालापानी र सुस्तालाई विवादित भूमि मान्दै आएको अवस्थामा कसरी त्यो पनि भू-भाग समेटेर नक्सा जारी गर्‍यो त्यसैले यसमा प्रधानमन्त्री केपी ओलीको पनि भूमिका प्रष्ट हुन्छ।

नेपाललाई पाकिस्तान जस्तै बराबरै भारतले हेरेकोले सरकारलाई तत्काल अघि बढ्न छलफलका क्रममा आफूले भनेको तर हालसम्म केही गर्न नसकेको देउवाले बताए।

वालुवाटारमा भएको छलफलमा भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेरेकाले सरकारलाई तत्काल नक्सा सच्याउन अघि बढ्न र आफूहरु साथमा भएको भनेका थियौं,’ उनले भने, तर अहिलेसम्म सरकार खोई अगाडि बढ्न सक्यो? त्यसैले भारतले जारी गरेको नयाँ नक्सामा प्रधानमन्त्री ओलीको पनि सहमति रहेको प्रष्ट भएको उनले दोहोर्‍याए। कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...