News Portal

नेपाली कामदारलाई यूएई जान हवाई टिकट र सेवा शुल्क नलाग्ने

हिमाली संचार संवाददाता
५६५ पटक

काठमाडौं १९,२०७६ कार्तिक : यूएई जाने कामदारले म्यानपावरको सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क तिर्नु नपर्ने भएको छ। दुई देशको श्रम सहसचिवस्तरीय बैठकले यसअघि श्रम समझदारी अनुरुप सेवा शुल्क भुक्तानी र कामदार भर्ना प्रक्रियाको प्रारुप टुंग्याएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार २ दिनसम्म काठमाडौंमा चलेको बैठकमा यो सहमति भएसँगै नयाँ श्रम समझदारीको कार्यान्वयन सुरु भएको छ।

दुई देशबीच भएको समझदारीअनुरुप अब नेपालबाट जाने कामदारले म्यानपावरको सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क तिर्नुनपर्ने उनले बताए।

यस्तै यूएईमा श्रमिक कार्ड बनाएबापत पनि रोजगारदाताले सेवा शूल्क लिन नपाउने भएको छ।

‘कामदार पठाएबापत म्यानपावरको सेवा शुल्क रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई दिन्छ, भिसा शुल्क यूएईले लिने छैन भने हवाई टिकट पनि कम्पनीले नै दिनेछ’ उनले भने, ‘मेडिकलको शुल्क भने म्यानपावर कम्पनीले तिर्नुपर्नेछ, त्यो रकम पनि रोजगारदाता कम्पनीले रकम रिफन्ड गरिदिनेछ।

नेपाल र युएईबीच गत जेठ ३१ मा श्रम समझदारी भएको थियो। समझदारीपत्रमा व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने तथा पाँच वर्षसम्म सेवा अवधिका लागि हरेक वर्षको सेवावापत २१ दिनका दरले र त्यसभन्दा बढी अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था गरिएको छ।

कामदारको छनोट, भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने गरी श्रम समझदारीमा उल्लेख छ। रोजगारदाताको कमी कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने व्यवस्था समझदारीमा गरिएको छ।

कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने मान्यतालाई स्थापित गरिएको छ।

प्रतिकृया दिनुहोस्

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...