News Portal

नेपाली कामदारलाई यूएई जान हवाई टिकट र सेवा शुल्क नलाग्ने

हिमाली संचार संवाददाता
६३७ पटक

काठमाडौं १९,२०७६ कार्तिक : यूएई जाने कामदारले म्यानपावरको सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क तिर्नु नपर्ने भएको छ। दुई देशको श्रम सहसचिवस्तरीय बैठकले यसअघि श्रम समझदारी अनुरुप सेवा शुल्क भुक्तानी र कामदार भर्ना प्रक्रियाको प्रारुप टुंग्याएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार २ दिनसम्म काठमाडौंमा चलेको बैठकमा यो सहमति भएसँगै नयाँ श्रम समझदारीको कार्यान्वयन सुरु भएको छ।

दुई देशबीच भएको समझदारीअनुरुप अब नेपालबाट जाने कामदारले म्यानपावरको सेवा शुल्क, भिसा शुल्क, हवाई टिकट र मेडिकल शुल्क तिर्नुनपर्ने उनले बताए।

यस्तै यूएईमा श्रमिक कार्ड बनाएबापत पनि रोजगारदाताले सेवा शूल्क लिन नपाउने भएको छ।

‘कामदार पठाएबापत म्यानपावरको सेवा शुल्क रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई दिन्छ, भिसा शुल्क यूएईले लिने छैन भने हवाई टिकट पनि कम्पनीले नै दिनेछ’ उनले भने, ‘मेडिकलको शुल्क भने म्यानपावर कम्पनीले तिर्नुपर्नेछ, त्यो रकम पनि रोजगारदाता कम्पनीले रकम रिफन्ड गरिदिनेछ।

नेपाल र युएईबीच गत जेठ ३१ मा श्रम समझदारी भएको थियो। समझदारीपत्रमा व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचार खर्च रोजगारदाताले व्यहोर्नुपर्ने तथा पाँच वर्षसम्म सेवा अवधिका लागि हरेक वर्षको सेवावापत २१ दिनका दरले र त्यसभन्दा बढी अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था गरिएको छ।

कामदारको छनोट, भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने गरी श्रम समझदारीमा उल्लेख छ। रोजगारदाताको कमी कमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने व्यवस्था समझदारीमा गरिएको छ।

कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने मान्यतालाई स्थापित गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...