News Portal

  • स्मृति साहित्य संगमको उदघाटन एवम लोकार्पण

    हिमाली संचार संवाददाता
    ९९२ पटक

    काठमाडौं १६, २०७६ कार्तिक : स्मृति साहित्य संगमको पहिचान, जुझारु स्रष्टा गतिशिल अभियान’ भन्ने मुल नाराका साथ स्थापना भएको स्मृति साहित्य संगमले आफ्नो औपचारिक दर्ताको कार्य सम्पन्न गरि संस्थाको उद्घाटन गरेको छ। सोहि अवसरमा संस्थाद्धारा नै प्रकाशित संयुक्त गजल संग्रह “अन्वेषीका पाइला”को समेत लोकार्पण सम्पन्न गरेको छ।

    काठमाडौको कमलादिस्थीत प्रज्ञाभवनमा आज सम्पन्न भएको  उक्त कार्यक्रममा विशेष गजल वाचन कार्यक्रम समेत रहेको थियो। संंस्थाका अध्यक्ष उत्तम शर्माको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाकी सचिव हिमा भुषालले सवैलाई स्वागत गरेकी थिइन्।

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णु विभु घिमिरेको उपस्थिती रहेको थियो भने विशेष अतिथिको रुपमा, साहित्यकार माया ठकुरी र कवि राम प्रसाद ज्ञावालीको उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथिहरुले संयुक्त रुपमा गजल संग्रहको लोकार्पण गरेका थिए भने प्रमुख अतिथिद्धारा पानसमा बत्ती बालेर कार्यक्रमको उद्ध्घाटन गरिएको थियो।

    कार्यक्रममा बोल्दै संस्थाकी संरक्षक स्मृति पौडेलले आफूले बिदेशीभूमिमा बस्दा सुरु गरेका साहित्यिक अभियान हाल आएर एउटा संस्थाको रुपमा रुपान्तरण हुदै थुप्रै साहित्यिक मनहरुलाई यसमा जोड्न पाएकोमा खुशी व्यक्त गरे।

    कार्यक्रममा विशेष गजल वाचन अन्तर्गत चर्चित गजलकारहरु आवाज शर्मा, शिव त्रिपाठी र बसन्त ओली बसन्तीले गजल बाचन गरेका थिए। अन्य स्रष्टाहरुका समेत गजल कविता समावेश गरिएका थिए। युवा गजलकारहरुले गजल वाचन गरिरहदा हलमा तालीको गड्गडाहट फैलिएको थियो।

    कार्यक्रममा बोल्दै समिक्षक चन्द्र प्रसाद न्यौपानेले गजल संग्रह अन्बेषीका पाईला एउटा उत्कृष्ट गजल संग्रह बनेको भन्दै मुक्त कण्ठले प्रशंसा गरेका थिए साथै बिशेष गजल वाचन अन्तर्गत वाचन गर्ने आवाज शर्मा, शिव तृपाठी र बसन्त ओली बसन्तीलाई पनि राम्रा गजल पस्केकोमा धन्यवाद दिएका थिए।

    कार्यक्रमको सञ्चालन राजन न्यौपाने श्रीयमले गरेका थिए भने कार्यक्रममा बोल्दै बिभिन्न अतिथिहरुले स्मृति साहित्य संगमको उत्तरोतर प्रगतिको लागि शुभ कामना दिएका थिए।

    कार्यक्रममा बिभिन्न साहित्यिक संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो।

    कार्यक्रममा बौल्दै कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष उत्तम शर्माले आफूहरुले एउटा साहित्यिक संस्था जन्माएको तर यसलाई हुर्काउन बढाउन सबै साहित्यिक मनहरुको साथ र सहयोगको खांचो रहने बताएका थिए । सबैको साथ र सहयोग प्राप्त भएमा मात्र यो उत्कृष्ट संस्थाको रुपमा बिकशित भएर जान्छ भन्दै सबैमा यो सस्थाको सदस्य बनेर सहयोग गर्न अपिल समेत गरेका छ।
    कुवेत बाट माधब पौडेल असल यात्रीको र अमर खड्काको १० /१० वटा गजल समावेश छन् l जसमा माधब पौडेल असल यात्री तदर्थ समिति उपाध्यक्ष छन्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...