News Portal

स्मृति साहित्य संगमको उदघाटन एवम लोकार्पण

हिमाली संचार संवाददाता
११३४ पटक

काठमाडौं १६, २०७६ कार्तिक : स्मृति साहित्य संगमको पहिचान, जुझारु स्रष्टा गतिशिल अभियान’ भन्ने मुल नाराका साथ स्थापना भएको स्मृति साहित्य संगमले आफ्नो औपचारिक दर्ताको कार्य सम्पन्न गरि संस्थाको उद्घाटन गरेको छ। सोहि अवसरमा संस्थाद्धारा नै प्रकाशित संयुक्त गजल संग्रह “अन्वेषीका पाइला”को समेत लोकार्पण सम्पन्न गरेको छ।

काठमाडौको कमलादिस्थीत प्रज्ञाभवनमा आज सम्पन्न भएको  उक्त कार्यक्रममा विशेष गजल वाचन कार्यक्रम समेत रहेको थियो। संंस्थाका अध्यक्ष उत्तम शर्माको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाकी सचिव हिमा भुषालले सवैलाई स्वागत गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णु विभु घिमिरेको उपस्थिती रहेको थियो भने विशेष अतिथिको रुपमा, साहित्यकार माया ठकुरी र कवि राम प्रसाद ज्ञावालीको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथिहरुले संयुक्त रुपमा गजल संग्रहको लोकार्पण गरेका थिए भने प्रमुख अतिथिद्धारा पानसमा बत्ती बालेर कार्यक्रमको उद्ध्घाटन गरिएको थियो।

कार्यक्रममा बोल्दै संस्थाकी संरक्षक स्मृति पौडेलले आफूले बिदेशीभूमिमा बस्दा सुरु गरेका साहित्यिक अभियान हाल आएर एउटा संस्थाको रुपमा रुपान्तरण हुदै थुप्रै साहित्यिक मनहरुलाई यसमा जोड्न पाएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा विशेष गजल वाचन अन्तर्गत चर्चित गजलकारहरु आवाज शर्मा, शिव त्रिपाठी र बसन्त ओली बसन्तीले गजल बाचन गरेका थिए। अन्य स्रष्टाहरुका समेत गजल कविता समावेश गरिएका थिए। युवा गजलकारहरुले गजल वाचन गरिरहदा हलमा तालीको गड्गडाहट फैलिएको थियो।

कार्यक्रममा बोल्दै समिक्षक चन्द्र प्रसाद न्यौपानेले गजल संग्रह अन्बेषीका पाईला एउटा उत्कृष्ट गजल संग्रह बनेको भन्दै मुक्त कण्ठले प्रशंसा गरेका थिए साथै बिशेष गजल वाचन अन्तर्गत वाचन गर्ने आवाज शर्मा, शिव तृपाठी र बसन्त ओली बसन्तीलाई पनि राम्रा गजल पस्केकोमा धन्यवाद दिएका थिए।

कार्यक्रमको सञ्चालन राजन न्यौपाने श्रीयमले गरेका थिए भने कार्यक्रममा बोल्दै बिभिन्न अतिथिहरुले स्मृति साहित्य संगमको उत्तरोतर प्रगतिको लागि शुभ कामना दिएका थिए।

कार्यक्रममा बिभिन्न साहित्यिक संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई मायाको चिनो उपहार स्वरुप प्रदान गरिएको थियो।

कार्यक्रममा बौल्दै कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष उत्तम शर्माले आफूहरुले एउटा साहित्यिक संस्था जन्माएको तर यसलाई हुर्काउन बढाउन सबै साहित्यिक मनहरुको साथ र सहयोगको खांचो रहने बताएका थिए । सबैको साथ र सहयोग प्राप्त भएमा मात्र यो उत्कृष्ट संस्थाको रुपमा बिकशित भएर जान्छ भन्दै सबैमा यो सस्थाको सदस्य बनेर सहयोग गर्न अपिल समेत गरेका छ।
कुवेत बाट माधब पौडेल असल यात्रीको र अमर खड्काको १० /१० वटा गजल समावेश छन् l जसमा माधब पौडेल असल यात्री तदर्थ समिति उपाध्यक्ष छन्

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...