News Portal

जर्मनकि एक युवतीले बोइङलाई ब्वाइफ्रेन्ड बनाएपछी..

हिमाली संचार संवाददाता
६८८ पटक

एजेन्सी : जर्मनीको राजधानी बर्लिनकी ३० वर्षीया युवती मिसेल कोब्केको प्रेम जीवन अलिक भिन्न छ। किनभने, उनले हवाईजहाजलाई आफ्नो प्रेमी बनाएकी छिन्। पाँच वर्ष देखि आफू बोइङ ७३७–८०० सँग प्रेम सम्बन्धमा रहेको उनी बताउँछिन्।

भन्छिन्, ‘बोइङ ७३७–८०० अत्यन्त आकर्षक, सुन्दर र सेक्सी छ। म पाँच वर्षदेखि ऊसँग प्रेममा परेकी छु। हाम्रो सम्बन्ध भावनात्मक मात्र छैन, भौतिक पनि छ।

उनले आफ्नो प्रेमी बोइङलाई ‘साट्स’ नाम दिएकी छिन्। जर्मन भाषामा यसको अर्थ ‘मायालु’ हुन्छ। मिसेललाई आफ्नो मायालुसँग रमाइलो र उत्कृष्ट समय बिताउन भने त्यति सहज छैन। भन्छिन्, ‘हवाईजहाजसँगको प्रेम सम्बन्ध भिन्न प्रकृतिको हुन्छ।

प्रेमीसँग रमाइलो समय व्यतीत गर्न मलाई सजिलो छैन। ऊसँग नजिक हुन, उसलाई प्राप्त गर्न मैले हवाई यात्रा गर्नुपर्छ। जीवनमा एक पटक मात्र ह्यांगरमा पुगेर ऊसँग धीत मर्ने गरी रमाइलो गरेकी छु।

मिसेलले आफ्नो प्रेमीसँग प्रेमालाप गर्न विभिन्न उपाय अपनाएकी छिन्। ‘मसँग घरमा बोइङको फाइबरग्लासबाट बनेको ठूलो मोडल छ,’ उनी भन्छिन्, ‘त्यही मोडलसँग म प्रेम प्रकट गर्छु।’ उनको हवाईजहाजसँगको प्रेमलाई विज्ञानले ‘अब्जेक्टोफिलिया’ भन्छ।

यस्तो मनस्थितिमा मान्छेले कुनै निर्जीव वस्तुप्रति प्रेम र आसक्ति देखाउँछ। बोइङसँगको सम्बन्धको भौतिक र शारीरिक पक्ष मिसेललाई मान्छेसँगको सम्बन्धको भन्दा फरक लाग्दैन।

भन्छिन्, ‘हाम्रो सम्बन्ध महिला र पुरुषको सम्बन्धजस्तै सामान्य छ। हामी सँगै सुत्छौँ। रमाइलो साँझ बिताउँछौँ। म बोइङ मोडलरूपी प्रेमीलाई सुमसुम्याउँछु र प्रेम दर्शाउँछु।

सन् २०१४ को मार्चमा उनले पहिलो चोटि बोइङ ७३७–८०० चढेकी थिइन्। ‘पहिलो भेटमै मेरो बोइङसँग माया बस्यो,’ उनी सम्झन्छिन्। उनी सन् २०१९ को मे १ लाई आफ्नो जीवनको सर्वोत्कृष्ट दिन मान्छिन्।

‘किनभने, त्यस दिन मैले विमानस्थलको ह्यांगरमा गएर मेरो प्रेमी बोइङसँग केही समय बिताउने अवसर पाएकी थिएँ,’ उनी भन्छिन्, ‘त्यो भेटमा मैले हरेक सेकेन्डको आनन्द लिएँ।

बोइङको पखेटामा हात राख्दा मैले आफूलाई संसारको सबैभन्दा सुखी महिला ठानेकी थिएँ।’ उनको एक मात्र सपना छ– प्रेमी बोइङसँग कुनै दिन बिहे गर्ने।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...