News Portal

नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही

हिमाली संचार संवाददाता
८०७ पटक

२८ सेप्टेम्बर २०१९ कुवेत : नेपाली कांग्रेसको वैदेशिक भात्री संगठन नेपाली जनसंपर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं बार्षिकोत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। सेप्टेम्बर २७ हिजाे कुवेतस्थित नौसाद होटलमा कल्याण कुमार श्रेष्ठ सभापतिमा कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ।

प्रमुख अतिथिमा नेपालबाट नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री तथा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का तथा विशिष्ट अतिथिमा महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथिमा नेपाली नेपाली काँग्रेसका महासमिति सदस्य नरेन्द्र भाट, नेपाली कांग्रेसका प्रतिनिधि मनोज गोर्खाली, राजु सयद लगायत कुवेतमा क्रियाशील राजनीतिक भात्री संगठनका पदाधिकारि साथै संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, कलाकार खेलाडीहरुको उपस्थिति रहेको थियो।

अतिथिहरुलाई स्वागत मन्तब्य कार्यक्रमका सम्योजक तथा कोषाध्यक्ष ईन्द्र पौडेलले राखेका थिए भने कार्यक्रम सञ्चालक माधव शर्माद्वारा कार्यक्रम सञ्चालन गरेका थिए।

सल्लाहकार तथा पूर्व उपसभापति मन्जित चाम्लिङ राईले स्पष्ट परेका थिए। कुवेतमा जनसम्पर्क समिति स्थापना गर्नुको उदेश्य र क्रियाकलापको बारेमा संस्थाका कार्यक्रमलाई औपचारिकता दिदै कुवेतकाे राष्ट्रिय गान र नेपालको राष्ट्रिय गान गुन्जनबाट सुरु गर्दै सभापति, प्रमुख अतिथिको हातबाट दिप प्रज्वलन गरेलगत्तै विशिष्ट अतिथि, बिशेष अतिथि लगाएत अतिथिहरुको सामुहिक उपस्थितिमा केक काटेर उद्घाटन गरिएको थियो।

अतिथिहरुको शुभकामना मन्तब्यको क्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघका उपाध्यक्ष नबराज पन्थी, कोसेली न्युजका संस्थापक सदस्य तोयानाथ दाहाल, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष इन्द्रप्रसाद पोखरेल, समाजसेवी तथा राजनीतिक विश्लेषक ध्रुवकुमार संग्रौला, समाजसेवी तथा परदेशी खबरका प्रधान सम्पादक नैनकला राई, कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बुढा मगर, नेपाली समाजका उपाध्यक्ष जयनाराण थारु, प्रबासी नेपाली मंचका अध्यक्ष राजु थापाबाट शुभकामना मन्तब्य सहित वर्तमान राजनीतिक क्रियाकलापका आफ्नो जिज्ञासा र धारणा राखेका थिए।

मन्तब्यकै क्रममा विशिष्ट अतिथिहरु नेपाली कांग्रेसका प्रतिनिधि मनोज गोर्खाली, एनआरएनए मध्यपूर्व काउन्सिल राजु सयाद, नेपाली कांग्रेसका मह समिति सदस्य नरेन्द्र भाटले नेपाली कांग्रेसका सिद्धान्त र पार्टीले गरेका योगदानको बारेमा जोड दिएका थिए भने विशिष्ट अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले कुवेतमा रहेर नेपालीहरुको समस्यालाई सम्बोधन गर्नको लागि सरकार सम्म पुर्याएर हुन र गर्न सकिने समस्याका समाधानको लागि कार्य दुतावास लागिरहने बताए।

प्रमुख अतिथि पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री पूर्णबहादुर खड्काले बक्ताहरुले राखेका जिज्ञासाहरुको बारेमा स्पष्ट पार्दै नेपाली कांग्रेसका योगदान, प्रतिपक्षमा रहेर खेल्ने भूमिका र विशेषरुपमा संबिधान संशोधनको बारेमा आफ्नो पार्टीको धारणा प्रस्ट्याउदै बिगतका कमीकमजोरीलाई आत्मसाथ गर्दै आगामी दिनमा जनताको मन जित्नेमा जोड दिएका थिए।

कार्यक्रमको बिचमा कलाकारको एकल नृत्यले सबैलाई मनोरन्जन दिलाएको थियो। कार्यक्रमका सभापतिबाट औपचारिक कार्यक्रम समापनको घोषणा गरे। आयोजकको तर्फबाट उपस्थित पाहुनाहरुलाई जलपान तथा दिवाभोजको ब्यबस्था गरिएको थियो।

नयाँ कार्यसमिति

सभापति – राजेन्द्र बि क (बिरही)
उपसभापति -धन बहादुर खड्का (ज्ञानु )
उपसभापति – सुमित्रा देबि पौडेल
महामन्त्री – ईन्द्र पौडेल ” कृष्ण ”
महामन्त्री – केशर घलान तामाङ
सह महामन्त्री – कान्ति प्रसाद अधिकारी
सह महामन्त्री -उमा घिमिरे
कोषाध्यक्ष -धन बहादुर कुमाल
संगठन बिभाग प्रमुख- उमेश पुडासैनी
महिला सम्योजक- माया साम्पाङ राई
प्रबक्ता-
सदस्य-मदन बहादुर चन्द
सदस्य -ओम बिकास मगर
सदस्य-रमिता तामाङ
सदस्य -लेखनाथ ढकाल
सदस्य -कुमार तामाङ
सदस्य -बिस्णु शर्मा
सदस्य -गोपाल भुसाल
सदस्य -माया गुरुङ
सदस्य -चेत कुमार छन्त्याल
सदस्य -बिमला श्रेष्ठ
सदस्य-दयानिधी काफ्ले
सदस्य- हर्क थापा मगर
सदस्य – कर बहादुर राई
सदस्य-रहमदिन मियाँ
सदस्य – महमद अलि
सदस्य- श्रवण कुमार गावा मगर
सदस्य-चिज बहादुर गुरुङ
सदस्य- सन्जु गुरुङ

संरक्षण – कल्याण कुमार श्रेष्ठ

बरिस्ठ सल्लाहकार – माधब शर्मा
सल्लाहकार – मन्जित चाम्लिङ राई
– दुर्गा चेम्जोङ
– सोनम लामा
-रबि गुरुङ
-जय आले मगर
-लोमस बास्तोला
– दिनेश श्रेष्ठ
– अर्जुन तामाङ
– एल बि हमाल

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...