News Portal

  • अध्यक्षका प्रत्यासी कुल आचार्यको बिरूद्धमा लाग्ने काँग्रेसीलाई पार्टीले कार्बाही गर्ला त ?

    हिमाली संचार संवाददाता
    ८३५ पटक

    कर्ण अधिकारी/काठमाण्डौ : नेपाली काँग्रेसको बिदेश स्थित भातृ संस्था नेपाली जन सम्पर्क समितिहरूमा पनि गुटबन्दीको प्रभाब राम्रै परेको छ।बिशेषत: युरोपमा रहेका जनसम्पर्क समितिहरूको यस समयमा आफु आफुको जुधाईले नेकपाको भातृ संगठनहरूलाई फाईदा पुराई रहेको छ।

    गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद्को अधिवेशनका पूर्व सन्ध्यामा अधिकांशले नेकपा समर्थित क्याण्डिनेटहरूलाई खुलेरै सहयोग गरी रहेको छ। यसरी काँग्रेस र काँग्रेसीहरूले गुटकै कारण अन्य पार्टीका भातृ संगठनहरूलाई बिजय गराउन तल्लिन रहन्छन भने नैतिक रूपमा त्यस्तो ब्यक्तिहरूले काँग्रेस भन्नुको औचित्य नै समाप्ति भएको देख्दछु।

    गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद्को गोल्बल सम्मेलनको पूर्ब सन्ध्यामा यस्ता कृयाकलाप हुन्छ भने यसले लोकतान्त्रिक पक्षधरहरूलाई पूर्ण रूपमा असर पार्ने छ।

    गैर आवासीय नेपाली संघ भित्र राजनैतिक धार्मिक जातीय नारालाई समावेश गर्न नपाईने भनिएता पनि सन २००९ सालमा ईश्वर पोख्रेलले राम थापालाई कम्युनिष्टको कार्यकर्ता बन म तिमीलाई एनआर एनको अध्यक्ष बनाई दिन्छु भनेका थिए तर राम थापाले अस्वीकार गरे पछि अध्यक्ष बन्ने अबस्थामा रोक लगाईयो र थापा कहिले पनि अध्यक्ष बनेनन्।

    त्यसैगरी सन २०१३ मा भीम रावलले गोल्वल सम्मेलन पूर्व सोल्टी होटलमा पुगी कम्युनिष्टका तर्फबाट तेन्जी शेर्पालाई अध्यक्षको उमेदवार नै घोषणा गरेका थिए। त्यसैगरी अहिलेका प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसको युरोप र अमेरीकामा भातृ संस्था जनसम्पर्क समिति स्थापना भए पश्चात युरोप र अमेरीकामा कम्युनिष्टका भातृ संगठन स्थापना गर्न नपाउने भए पछि तत्कालिन एमालेका ट्याग भिरेका उपेन्द्र महत्तो मार्फत गैर आबासीय नेपाली संघका नाममा युरोप र अमेरीकामा राजनैतिक चलखेल बढाएका थिए तर आज बिश्वका अधिकाशं देशमा काँग्रेसको नाम लिएर काँग्रेसको नाम भज्ने थुप्रै नेपाली नागरीकहरू छन् ती लोकतान्त्रिक पक्षधर भनाउँदा काँग्रेसीहरूले कहिले पनि काँग्रेस पक्षधर रही लोकतान्त्रिक पक्षधरलाई सहयोग गर्न सकेन उल्टो बामपन्थीहरूका पछि लागेर उनीहरूकै गुणगान गाउन ब्यस्त रहे र उनीहरूलाई मतदान गरी बिजय गराए।

    अमेरिका र युरोपको कुरा गर्ने हो भने आसन्न गैर आवासीय नेपाली संघको गोल्बल सम्मेलनमा अध्यक्ष पदका लागि लोकतान्त्रिक पक्षधरबाट कुल आचार्य र बामपन्थी पक्षधरबाट कुमार पन्तले आफ्नो नाम सार्बजनिक गरी सकेका छन्। यी दुबै बर्तमान कमिटिका उपाध्यक्ष हुन।अध्यक्षका प्रत्यासी कुललाई लोकतान्त्रिक भनेर चिनीएका काँग्रेसीहरूले नै साथ दिएका छैनन् भन्ने प्रष्ट देखिएको छ।

    कुमार पन्तको सपोर्टमा खुलेर लाग्नेहरु प्रवासी नेपाली मंच र अन्य संगठनका भन्दा नेपाली जनसम्पर्क समिति र नेपाली काँग्रेसका सदस्यहरू धेरै छन्।हलिउड् न्युजका अनुसार हरिबोल भण्डारी नेपाली काँग्रेस महासमिति सदस्य र गैरआवासीय नेपाली संघका सल्लाहकार दुवै हुन् उनी कुमार पन्तको सपोर्टर हुन्।

    आइसीसी सदस्य राजन त्रिपाठी, सरला कडेल, बेद बस्नेत, एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्ण जीबी पन्थ, एनसीसी अमेरिकाक निवर्तमान उपाध्यक्ष उमा कार्की, सदस्य कृष्ण लामिछाने, आइसीसी सदस्य इलेक्ट होम गौतम, स्वराज खाती, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग, केन्द्रिय सदस्य प्रमोद सिटौला, प्रकाश बस्नेत, जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर सभापति रोशन ढुंगाना, त्यस्तैगरी ज्ञानेन्द्र कार्की लगायत थुप्रै व्यक्तिहरु कुमार पन्तका सपोर्टमा देखिएका छन् ।

    त्यसै गरी युरोप,जापन,अष्ट्रेलीया लगायत अन्य राष्ट्रका काँग्रेसका हस्तिहरू समेत कुमार पन्तलाई नै सहयोग गर्ने भनी प्रतिबद्धता समेत जाहेर गरी सकेका छन्।यसरी प्रत्यक्ष रूपमा नै बामपन्थी पक्षधरलाई सहयोग गर्छु र जिताउनु पर्छ भन्नेहरूलाई काँग्रेस केन्द्रले कार्बाही गर्ला त ? समयको प्रतिक्षामा छौ।

    बर्तमान अबस्थामा न त काँग्रेसले देशमा नै आफ्नो छबिलाई कायम राख्न सक्यो न त प्रवासमा नै। २०७४ सालको प्रदेश र प्रतिनिधि सभा चुनावमा गुटबन्दीका कारण बामपन्थी समुहलाई मतदान गरी बिजय गराउनेलाई न त कार्बाही गर्न सक्यो न त प्रवासमा नै।यस्ता पार्टी घातीहरूलाई कार्बाही गर्ने की नगर्ने? कता हरायो नेपाली काँग्रेसको अनुशाशन समिति ? गुटबन्दीका कारण केन्द्रमा बसेर केन्द्रिय कमिटीलाई नै मिलाउन नसकेको अबस्थामा कसरी काँग्रेसले सुमार्ग पत्ता लगाउला ! जसरी केन्द्रमा गुटका कारण नेताहरू बीच नै पानी बाराबारको स्थिति छ भने त्यसै गरी युरोप अमेरीका लगायतका जनसम्पर्क समितिहरूमा आबद्ध काँग्रेसीहरूमा अझै त्यो भन्दा बढीको अबस्था सृजित भएको छ।

    देउवा, कोईराला र पौडेलको नाम लिएर राजनिति गर्नेहरूले काँग्रेसको निति बिधान र अनुशाशनलाई पनि मनन गरी दिए हुने थियो।आफू आफूमा लडाई लड्ने र फल अरूलाई चढाउनेहरूसंग काँग्रेसले पनि खासै आश नगर्दा राम्रो। केन्द्रिय नेताहरू मेरो पकेटका मान्छे हुन भन्दै सामाजिक संजाल र जमघटमा कुर्लनेहरूले बिपीको निति र सिद्धान्तलाई पनि अध्ययन गरी दिए राम्रो हुने थियो।

    प्रवासमा रहेका काँग्रेसीहरूलाई एक जुट बनाउन स्थापना भएको जनसम्पर्क समिति भित्र आफ्नो स्वार्थका लागि पैसा पावर र मसलको धाक देखाएर काँग्रेसीको संख्या बढाउनु साटो घटाउन तल्लिन हुने हरूलाई काँग्रेसीहरूले स्थान दिनु हुँदैन भन्ने मान्यता हो ।

    काँग्रेसीहरू यसरी गुटबन्दीमा लाग्ने हो भने भोलीका दिनमा स्वर्णीम सपना देख्दै चुनाव जितिन्छ भन्नु दुर्भाग्य हुने छ। आफ्नै घर भित्रको कुरा घर भित्र नै मिलाउनु पर्छ भन्ने मान्यता भए पनि पानी बाराबारको स्थिति आए पछि त्यसलाई बाहिर ल्याउन बाध्य हुने रहेछ।काँग्रेस भित्रको कुरीति बिसंगतिहरूलाई बाहिर ल्याएर आफ्नो आङको धुलो टकटकाउने मेरो रहर नभए पनि एक काँग्रेसको कृयाशील कार्यकर्ताको हैसियतमा भने पार्टीको माया र ममताका कारण काँग्रेस द्रोहीहरूको भण्डाफोर गर्नु म जस्तो कर्तब्य निष्ठ कार्यकर्ताको दायित्व पनि हो

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

    रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व...

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...