News Portal

मोना कुवेतद्वारा आयोजित भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमको पोल्टामा..

हिमाली संचार संवाददाता
९०३ पटक

कुवेत, १३ अगस्ट : “इद अल अधा” को शुभ अवसरमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतद्वारा आयोजित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्डियन टिमले हात पार्न सफल भएको छ ।

कुवेतको माबुल्ला स्थित खेल मैदानमा ११ अगष्ट देखि संचालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा इन्डियन टिमले गण्डकी प्रदेशलाई पराजित गरि प्रथम पुरस्कार नगद १०१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। त्यसैगरी गण्डकी प्रदेश ‘ए’ ले द्वितीय पुरस्कार नगद ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

गण्डकी प्रदेश ‘ए’ का खेलाडी दिपेन शारुमगरले उत्कृष्ट खेलाडी पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन । मोना कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए।

पहिलो चरणको खेलमा गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘सि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘बि’ ले नेपाल कुवेत सरोकार समाज कुवेतलाई पराजित गरेको थियो । मोना कुवेतले ‘ए’ ले मोना कुवेत ‘दि’ लाई सोझो सेटमा पराजित गरेको थियो। नवलपरासीलाई सोलबियाले पराजित गरेको थियो ।

बिजेपीलाई इन्डियनले सोझो सेटमा पराजित गरेको थियो । कल्याणकारी नेपाली युवा समाज नेपाल कुवेतले बागलुङ सेवा समाज कुवेतलाई पराजित गरेको थियो । तनहुँलाई नेपाल टिम माबुल्लाले पराजित गरेको थियो भने गण्डकी प्रदेश ‘बि’ लाई सोइवाले पराजित गरेको थियो ।

त्यसैगरी क्वाटर फाइनलमा गण्डकी प्रदेश ‘ए’ ले मोना ‘बि’ लाई पराजित गरेको थियो । मोना कुवेत ‘ए’ ले सोलबियालाई पराजित गरेको थियो । इन्डियन टिमले कल्याणकारी नेपाली युवा समाज कुवेतलाई पराजित गरेको थियो भने नेपाल टिम माबुल्लाले सोइवालाई पराजित गरेको थियो ।

सेमिफाइनल खेलमा इन्डियनले नेपाल टिम माबुल्लालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने गण्डकी प्रदेश ‘ए’ ले मोना कुवेत ‘ए’ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । छेलो प्रतियोगीतामा दिपेन्द्र गौतम प्रथम भएका थिए भने रन रसाइली द्वितीय भएका थिए ।

छेलो प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई नगद र प्रमाणपत्र पुरस्कार दिइएको थियो भने केही संस्था र ब्याक्तित्वलाई समेत खादा ओडाई कदरपत्र सहित सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...