News Portal

  • पाकिस्तानको हालसम्मकै कुरुप निर्वाचन !’

    संचारकेन्द्र संवाददाता
    ३६७ पटक

    पाकिस्तानमा आम निर्वाचन हुँदैछ । यो पटक चुनाव अघि उम्मेद्वारहरुलाई आतङ्कित पार्न पहिले कहिल्यै नदेखिएको स्तरमा उम्मेद्वारहरुलाई धम्काउनेदेखि मार्नेसम्मका कार्यहरु भए । देशको संस्थापनले ठूलो स्तरमा मत सर्वेक्षण र मिडियालाई प्रभावित गरेर आफूले समर्थन गरेको उम्मेद्वारलाई जिताउन खोजेको रिपोर्टहरु आइरहेका छन् ।

    केही महिना अघिसम्म पाकिस्तानका प्रमुख सहरहरुमा त्यहाँको सेनालाई ‘आतङ्कवादी’ भन्दै नारा लगाएको सुन्नु आश्चर्यजनक कुरा मानिन्थ्यो ।

    तर यही जुलाई १३ मा केन्द्रीय लाहोरमा त्यस्तो घटना देखियो । पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम आफूलाई दिइएको जेल सजायँ भोग्नको लागि देश फर्किएको दिन मानिसहरुले सेना विरुद्ध नारा लगाए ।

    अघिल्लो शुक्रबार सेनाको मुख्यालय नजिकै रावलपिण्डी सहरमा ‘ए जो देशत गर्दी है, इसके पिछे बर्दी है’ (यो डर र आतङ्क पछाडी सेनाको हात छ) भन्ने नारा सुनियो ।

    त्यसको केही दिनपछि नै अत्यन्त निर्लज्ज कदम चाल्दै शरिफको पार्टी पीएमएल–एनका बलिया नेता हनिफ अब्बासीसँग जोडिएको एक सात वर्ष पुरानो ड्रग्ससँग सम्बन्धित मुद्धामा अगष्टमा हुने निर्धारित अदालती कामकारवाही जुलाई २१ मा सारियो ।

    शनिवार स्थानीय समय अनुसार साढे एघार बजे उनलाई जन्म कैदको सजायँ सुनाइयो । निर्वाचनको चार दिनअघि उनलाई अत्यन्त कुशलतापूर्वक चुनावी दौडबाट हटाइएको छ ।

    नवाज शरीफ देश फर्किदाँ प्रमुख सहरहरुमा उनको स्वागतमा हजारौं मानिसहरु सहभागी भएका र्‍यालीहरु निस्किए । तर मिडियाहरुले ती र्‍यालीहरुको खबर छापेनन् । त्यसको विपरित सामाजिक सञ्जाल भने यी र्‍यालीहरुका तस्वीर, भिडियो र बहसले भरिएका थिए ।

    पाकिस्तानको संस्थापनको अनुमान विपरित अघिल्लो वर्ष जुलाईमा भ्रष्टाचारको आरोपमा सत्ताच्युत गरेपछि पनि जमिनमा शरिफ र उनको पार्टीको लोकप्रियता कायम छ । आफूमाथि सेनाले षड्यन्त्र गरेको भनेर उनले व्यक्त गरेको धारणा धेरै मानिसहरुले पत्याए ।

    यसको भेउ पाएको संस्थापनले नवाजलाई हराउन मिडियामाथि ठूलो धरपकड सुरु भयो । अप्रिलमा पाकिस्तानको प्रमुख मिडिया संस्थान जियो टिभीको प्रशारण काटियो । त्यस्तै पाकिस्तानको सबैभन्दा पुरानो समाचारपत्र डनको वितरण मेदेखि अवरुद्ध गरिएको छ ।

    महिनौं आर्थिक घाटा सहे पछि जियोले अन्तत रक्षा–संस्थापनको ‘सेल्फ–सेन्सर’ र कडा निर्देशिका पालनको माग स्विकार गरेको रिपोर्ट आएको छ । यो आत्म–समर्पणपछि मिडियाहरु संस्थापनको पक्षमा देखिएका छन् । त्यसपछि कुनै मिडिया हाउसले शरिफको राजनीतिक र्‍याली र उनको छोरीको उग्र भाषण देखाउने हिम्मत गरेका छैनन् ।

    मिडियाले घुँडा टेकिसकेपछि संघर्षको कमान ट्वीटर र फेसबुकका अभियन्ताहरुमा आएको छ । यी माध्यमहरुमा आवाज निक्कै चर्को सुनिन्छ । उनीहरु न्यायालय–सेनाबीचको दुषित गठबन्धनमा आक्रोशित छन् । उनीहरुले यस अनैतिक गठजोडले आफ्नो क्षेत्राधिकार मिचेर आम निर्वाचनमा आफ्नो मताधिकार अभ्यास गर्ने जनताको अधिकार कुण्ठीत गर्न खोजेको बताएका छन् ।

    धम्की र अपहरणको आतङ्कमाझ पनि समाजिक सञ्जालमा सम्बाद चलिरहेको छ । पत्रकारहरु पनि आफ्ना मिडियाका कागज, पर्दा वा सम्पादकीयमा व्यक्त गर्न नसकेका कुराहरु समाजिक सञ्जालमै पोखिरहेका छन् ।

    यो संघर्षमा शरिफले जितिसकेको देखिन्छ । ‘चाहेको भए विदेशको आरामदायी जीवन जिउन सक्ने मानिस आफ्नी बिरामी श्रीमती छाडेर जनताको सर्वोच्चताको संघर्षमा लड्न देश फर्किएको’ भनेर नवाजको छवि निर्माण भएको छ ।

    एकपछि अर्को मत सर्वेक्षणमा नवाज आफ्ना विपक्षीहरुभन्दा अगाडी देखिएका छन् । सामाजिक सञ्जालमा देखिएको आवाजहरुले उनले आफूप्रति सहानुभुति जुटाउन सफल भएको देखिन्छ । साथै समाजिक सञ्जालका अभिव्यक्तिबाट न्यायालय–सेनाबीचको गठबन्धनले राजनीतिक भूदृश्यलाई पुनर्संरचना गर्न खोजेकोमा आम असन्तुष्टि रहेको देखाउँछ ।

    चुनाव नजिक आइरहँदा नवाजको पार्टीको बलियो प्रभाव रहेको देशको सबैभन्दा प्रभावशाली राज्य ‘पञ्जाब’ मा संस्थापनप्रतिको प्रतिरोधी भावनालाई साम्य पार्न सुरक्षा संस्थापनका प्यारो ठानिएका उम्मेद्वार इमरान खानको पक्षमा दोब्बर अभियान भएका छन् ।

    स्पष्ट रुपमा दजनौं उमेद्वारहरु अयोग्य ठह¥याइँदा, जेल पठाइँदा अझ पीएमएल–एनबाट उठ्नै नदिइँदा नवाजको पार्टीले जुलाई २५ को निर्वाचन जित्ने सम्भावना कमै छ ।

    तर पनि उनको पार्टीले राष्ट्रिय सभामा प्रत्यक्ष निर्वाचित हुने २७२ मध्य ९० सिट मात्रै जित्यो भने पनि यो पार्टी संसदको सबैभन्दा ठूलो पार्टी हुनेछ ।

    त्यसो भएमा यसलाई पाकिस्तान स्वतन्त्र भए यता लगभग आधा समय त्यहाँ शासन गरेको सेनाविरुद्ध शरिफले गरेको खुल्ला प्रतिरोधको समर्थन मानिनेछ ।

    (यही जुनमा गुल बुखारी लाहोरको सेनाको क्यान्टोनमेन्ट क्षेत्रमा मास्क लगाएका मानिसहरुको समूहको अपहरणमा परेकी थिइन् । उनलाई अपहरणको केही घण्टापछि मुक्त गरिएको थियो । उनी पाकिस्तानमै बसेर सेनाको कार्यको आलोचना गर्ने थोरै व्यक्तित्वहरु मध्य एक हुन् । )

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै पुत्ला दहन

    काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै...

    मोरङको रंगेली स्थित काली मन्दिरमा महानवमीमा निशान यात्रा चढाईयो

    बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको...

    विप्लवको पार्टीले २०८४ मा चुनाव लड्ने

    काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने...

    लायन्स जगत गुरुङद्धारा श्री मावि धरानलाई पंखा सहयोग

    बैशाख-५, बुधबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरका पूर्वअध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal