News Portal

लुम्बिनी समाज नेपाल कुवेतको चौथौं अधिवेशन अगस्ट १६ मा हुँदै

हिमाली संचार संवाददाता
४७६ पटक

कुवेत, ८ जुलाई : वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनी वासीहरुलाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो चौथो अधिवेशन आगामी अगस्ट १६ मा गर्न लागेको समाजका अध्यक्ष रमेश नेपालीले जानकारी दिए।

कार्यक्रम हुने स्थानको लागि हलको खोजीमा रहेको र हलको टुंगो चाडै नै लगाएर जानकारी दिइने समाजले बताएको छ।

आफ्नो स्थापनाकाल देखी नै बिभिन्न सामाजिक क्रियाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल कुवेतले क्रियाशील संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ भने विभिन्न अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याएसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहनुहुने लुम्बिनीवासीहरु लगायत कुवेतमा क्रियाशिल संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सम्पुर्णलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

     तपशिल :

मिति : १६ अगस्ट २०१९
समय : बिहान ११ बजे
आयोजक : लुम्बिनी समाज नेपाल कुवेत।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...