News Portal

१७ बर्ष देखी साउदीको जेलमा सन्तबहादुर, सरकारले कुटनैतिक पहल नगरीदिएको गुनासो

हिमाली संचार संवाददाता
८६१ पटक

साउदी – मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ ।

स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो । पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।

मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए । ‘कान्छो छोरा बल्ल १८ वर्ष पुग्दै छ,’ पुनले भने, ‘उसको उमेर नपुग्दासम्म जेलमै बस्नुपर्‍यो ।

अब मेरो जीवन उसैको हातमा छ ।’ कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ । ‘उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,’ उनले भने । निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उनी बताउँछन् । पुनका एक श्रीमती र ३ छोरा छन् । एक छोरा अपांग छन् ।

तीनै अपांग छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्छिन् । ‘उहाँलाई छुटाउन सके अरू केही चाहिएको थिएन,’ मायाले भनिन्, ‘दिनभरि दु:ख गर्‍यो, रातभरि उतैको चिन्ताले निद्रा पर्दैन ।’

सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आस नमेटिएको उनले बताइन् । सन्तबहादुर जेल परेकोबारे २०५८ कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो ।

उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो । तर, सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उनका आफन्त बताउँछन् ।
‘द्वन्द्व चर्केकाले उतिबेला सबै कुरा भन्न सक्ने अवस्था थिएन,’ दाजु कुलबहादुरले भने, ‘अहिले मन्त्रालयले चासो दिए भाइ छुट्थ्यो ।’

भाइलाई छुटाउन कुलबहादुरले विगत ३ वर्षदेखि सरकारी अधिकारीदेखि विभिन्न मानव अधिकारवादी संघसंस्थासमेत धाएका छन् ।हामीले यो खबर गोर्खाली खबरबाट लिएका हौ ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...