News Portal

गृहपृष्ठ समाचार, समाज

बाख्रापालनबाट गाउँमै वार्षिक ८ लाख आम्दानी गर्छन दीपक दाहाल

कविराज घिमिरे धनकुटा : कृषिप्रधान मुलुक भएरपनि धेरै नेपालीको रोजाइमा कृषि पेसा अझै पर्न सकेको छैन । कृषिमा खासै भविष्य नदेखेरै दैनिक सयौं नेपाली विदेश पलायन भइरहेका छन् । तर, मिहिनेत र लगनशीलताका साथ काम...बाँकी

राष्ट्रपति भण्डारीको दसैँ टीका भाइरल भएपछि भाइ टीकामा पत्रकारलाई प्रवेश निषेध !

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले टीका लगाएको फोटो खिच्न पत्रकारलाई निषेध गरियो । फोटो खिच्न शीतल निवास पुगेका पत्रकार गेटबाटै फर्काइएका थिए । दसैँमा घुँडा टेकाएर राष्ट्रपतिले टीका लगाएको फोटो सार्वजनिक भएपछि निकै आलोचना भएको...बाँकी

गुण्डागर्दीमा उत्रियो नेकपा, रुकुम पश्चिमका प्रेस युनियनका सचिव खनाल सहित १ दर्जनमाथि छुरी प्रहार

रुकुम : सत्तारुढ नेकपाका कार्यकर्ताहरु राज्य संरक्षित गुण्डागर्दीमा उत्रिएका छन्। रुकुम पश्चिममा नेकपाका कार्यकर्ताहरुले भाइटीकाकै दिन नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी...बाँकी

सडकमा फालिएको फोहरको दुर्गन्धले यात्रु समस्यामा

म्याग्दी– बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका...बाँकी

यस्तो रह्यो प्रधानमन्त्रीको भाइटीका !

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई जना बहिनीहरुको हातबाट भाईटीका लगाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै उनले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाको हातबाट भाइटीका लगाएका हुन् । चिकित्सकहरूले...बाँकी

दिक्तेल बजारमा भीषण आगलागी हुँदा २ घर खरानी, तीन घरमा क्षति !

उत्तम चौलागाँई दिक्तेल : खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित रत्नपार्कमा सुक्रबार विहान आगोलागी भएको छ। स्थानीय अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगो भर्खरै नियन्त्रणमा आएको हो। आगोलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ स्थित रत्नपार्कका स्थानीय कृष्ण...बाँकी

मलेसियाको जेलमा रहेका घलेलाई फर्काउन परिवारको आग्रह

मलेसियाको जेलमा रहेका नुवाकोटको म्यागङ्ग गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा...बाँकी

जुम्लाको खोप्री गाउँलाई तिहारले छोएन !

जुम्ला : नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन। यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईवस्तुलाई जोगाउन...बाँकी

आज भाईटिका : वि.सं. २०७५ साल कात्तिक २३ गते शुक्रबार, इश्वी सन् २०१८ नोभेम्बर ९ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा...बाँकी

प्रहरी जवान कुट्ने गाउँपालिका अध्यक्ष मानन्धर विरुद्ध मुद्वा दायर गर्ने तयारी गरिरहेका एसपी सापकोटाको सरुवा

ॠषि बस्याल स्याङ्जा : ड्युटीमा रहेका प्रहरी जवानलाई कुटपिट गर्ने हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरविरुद्ध मुद्वा दायर गर्ने तयारी गरिरहेका स्याङ्जाका एसपी जयराज सापकोटालाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी जयराज...बाँकी