News Portal

विद्यार्थीले आफ्नै कक्षामा कांग्रेसका सांसदलाई देखेपछि…

हिमाली संचार संवाददाता
५४१ पटक

बर्दिया : प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका नेता सञ्जय गौतमले स्कुलका साना बालबालिकाको मन जित्ने गरेर अभियान चलाएका छन् ।

बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं. ७ लक्ष्मनस्थित पूर्णहीरा माविमा सोमबार साढे १० बजे कांग्रेसका सांसद गौतम एक्कासि झुल्किएपछि विद्यार्थी र शिक्षकहरू खुसी भएका थिए ।

सांसद गौतम आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भएका थिए । सांसद गौतमले विद्यालयको शैक्षिकस्तर कसरी उकास्न सकिन्छ भनेर विद्यार्थी र शिक्षकहरूको सुझाव लिएका छन् ।

कांग्रेसका सांसद गौतमले प्रत्येक कक्षाकोठामा पसेर विद्यार्थीका समस्या पनि सुनेका छन् । भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री अभाव हुँदा पनि कतैबाट सहयोग नभएको भन्दै विद्यार्थील दुःख व्यक्त गरेका छन् ।

कांग्रेसका सांसद गौतमले विद्यालय र विद्यार्थीका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएपछि विद्यार्थी खुसीले गदगद् भएका छन् । विद्यालयमा कक्षा ९ मा अध्ययनरत रामबहादुर चौधरीले खुसी हुँदै आफूहरूको समस्या सुनेका सांसद गौतमले सहयोग गर्ने अपेक्षा लिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...