News Portal

बिष्णु बगालेलाई पहिलो चुम्बनको याद दिलाउन आए’ नरेन्द्र लर्कु आचार्य (भिडियो सहित)

हिमाली संचार संवाददाता
९७५ पटक

राजु बोहरा–काठमाडौँ । कुनै पनि काम गर्दा निरन्तरताले मानिसलाई गन्तव्यमा पुर्याउछ । यसैलाई मध्यनजर राख्दै बिगत निकै लामो समय यता नेपाली कलाकारिता क्षेत्रमा क्रियासिल नरेन्द्र लर्कु आचार्य आफुलाई कतै थकानको महसुस नगरी अगाडी बढिरहेका छन् । उनि गायन बिदामा उत्तिकै खुविवान हुन् भने बिभिन्न नेपाली गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर एक कुसल मोडलको रुपमा पनि परिचित बनिसकेका छन् ।

अहिलेसम्म नरेन्द्रले घाँसै काट्ने हसिया, दियो बाल्दै छु, धौलागिरी अग्लो, छाती चर्किन्छ, लगाएतका धेरै गीतहरु आफ्नो कर्णप्रिय स्वर लहरी बाट बजारमा ल्याईसकेका छन् । उनले अभिनय गरेको म्युजिक भिडियोहरु पनि अहिले डिजिटल बजारमा प्रसस्त पाइन्छ ।

उनै कर्म प्रति बिस्वास राख्ने नरेन्द्रले नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ सालको शुभकामना सहित पछिल्लो पटक बिष्णु बगाले संगको सहकार्यमा तिज सांगीतिक कोसेली “पहिलो चुम्बन” बजारमा ल्याएका छन् । आफु स्वयम् द्वारा अभिनित यस गीतको म्युजिक भिडियोमा नरेन्द्रलाई यस गीतकी प्रस्तुतकर्ता बिष्णु बगाले मगरले साथ् दिएकी छिन् ।

तिजको समयलाई लक्षित गर्दै “पहिलो चुम्बन” बोलको गीतलाई सार्बजनिक गरिएता पनि अन्य समयमा पनि यस गीतको आनन्द लिन सकिन्छ । नरेन्द्र लर्कु आचार्य र बिष्णु बगालेको सुमधुर स्वरले सजिएको यस गीतलाई बिष्णु बगालेले लय तथा शब्द सिर्जना गरेकी छिन् । निकै रोमान्चक ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश गुरुङ ले गरेका हुन् भने छायांकन मधुर बस्नेत र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...