News Portal

बिष्णु बगालेलाई पहिलो चुम्बनको याद दिलाउन आए’ नरेन्द्र लर्कु आचार्य (भिडियो सहित)

हिमाली संचार संवाददाता
१०३५ पटक

राजु बोहरा–काठमाडौँ । कुनै पनि काम गर्दा निरन्तरताले मानिसलाई गन्तव्यमा पुर्याउछ । यसैलाई मध्यनजर राख्दै बिगत निकै लामो समय यता नेपाली कलाकारिता क्षेत्रमा क्रियासिल नरेन्द्र लर्कु आचार्य आफुलाई कतै थकानको महसुस नगरी अगाडी बढिरहेका छन् । उनि गायन बिदामा उत्तिकै खुविवान हुन् भने बिभिन्न नेपाली गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर एक कुसल मोडलको रुपमा पनि परिचित बनिसकेका छन् ।

अहिलेसम्म नरेन्द्रले घाँसै काट्ने हसिया, दियो बाल्दै छु, धौलागिरी अग्लो, छाती चर्किन्छ, लगाएतका धेरै गीतहरु आफ्नो कर्णप्रिय स्वर लहरी बाट बजारमा ल्याईसकेका छन् । उनले अभिनय गरेको म्युजिक भिडियोहरु पनि अहिले डिजिटल बजारमा प्रसस्त पाइन्छ ।

उनै कर्म प्रति बिस्वास राख्ने नरेन्द्रले नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ सालको शुभकामना सहित पछिल्लो पटक बिष्णु बगाले संगको सहकार्यमा तिज सांगीतिक कोसेली “पहिलो चुम्बन” बजारमा ल्याएका छन् । आफु स्वयम् द्वारा अभिनित यस गीतको म्युजिक भिडियोमा नरेन्द्रलाई यस गीतकी प्रस्तुतकर्ता बिष्णु बगाले मगरले साथ् दिएकी छिन् ।

तिजको समयलाई लक्षित गर्दै “पहिलो चुम्बन” बोलको गीतलाई सार्बजनिक गरिएता पनि अन्य समयमा पनि यस गीतको आनन्द लिन सकिन्छ । नरेन्द्र लर्कु आचार्य र बिष्णु बगालेको सुमधुर स्वरले सजिएको यस गीतलाई बिष्णु बगालेले लय तथा शब्द सिर्जना गरेकी छिन् । निकै रोमान्चक ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश गुरुङ ले गरेका हुन् भने छायांकन मधुर बस्नेत र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...