News Portal

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष सरकारी रकम दुरुपयोग गर्दै, श्रीमतीकै नाममा गाँउपालिकाको नामाकरण !

हिमाली संचार संवाददाता
१८६१ पटक

रोल्पा – सरकारी खर्चमा रमाउदै बुटवल, पोखरा हुदै राजधानी पुगे, रोल्पाका गाउँपालिका अध्यक्ष बीरबहादुर केसी, स्थानीय तह बनेपछि गाउँ, गाउँमा बिकास भन्दापनि भ्रष्टचार मौलाएको धेरै तथ्यहरु छन् ।

स्थानीय तहका प्रमुख, उपप्रमुखले आफु खुसि बजेट बिनियोजन गर्दै कार्यक्रता पाल्ने थलो समेत बनाएको प्रष्टै छ । यतिबेला अन्य गाउँपालिका अध्यक्षहरु सरकारी बजेट जोगाउने र गाउँको बिकास गर्ने सोचिरहेका छन् । उनीहरुले सकेसम्म अनाबश्यक बजेट बाँडेका छैनन् । तर रोल्पाको सुकिदह गाउँपालिका अध्यक्ष बीर बहादुर केसीका समाचार सुनेर आजकाल पाठक तथा गाउँबासी नै आजित बनेका छन् । उनी निकै बिबादित गाउँपालिका अध्यक्ष हुन् ।

श्रीमतीको नाममा गाउँपालिको नाम राख्ने सायद उनी नेपालकै नमुना जनप्रतिनिधि होलान् रु रक्सी खाएर उपप्रमुखसंग झगडा गर्दा कार्यालयका सामान तोडफोड् गर्ने पनि यीनै गाउँपालिका अध्यक्ष हुन् । अध्यक्ष भएपछि बीरबहादुरले डोजर समेत किने ।

अध्यक्ष बीर बहादुर यतिबेला उपप्रमुख रिता घर्ती सहित उनी निकटका वडाध्यक्ष बोकेर घुमघाम गर्न मस्त छन् । बीर बहादुर गाउँबाट घुमघाम गदै पोखरा ४ दिनमा पुगे । उनी पोखरा घुमेको फोटो उनका समाचार सहयोगी असोक ओलीले सामाजिक सञ्जालमा सार्बजनिक गरेको छन।

गाउँपालिकाकै खर्चमा बुटवल, पोखरा हुदै ६ दिनका काठमाण्डौ पुगेको स्रोतको दाबी छ । उनी सहित उपाध्यक्ष पनि घुम्न निस्कीएपछि, सेवाग्राही भने मर्कामा छन् । काम काठमाण्डौ थियो भने किन, पोखरा जानुपर्यो गाउँपालिकाका एक कर्मचारीले बताए । के गर्ने खर्च गरेको भनेपछि पैसा दिनैपर्यो उनी भन्छन् ।

गाउँपालिका अध्यक्षले पिए राख्ने ब्यबस्था छैन । तरपनि बीर बहादुरले २ जना पिए राखेको चर्चा यतिबेला सुकिदहमा सुरु भएको छ । उनि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन। भिजनखबरले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...