आज : २०२६-०७-०६, सोमबार

डोलराज न्यौपानेको भजन गीत “केहो नी प्रभु यो चाल” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ : कुवेतमा कर्म गरिरहेका डोलराज न्यौपानेले हालै मात्र “केहो नी प्रभु यो चाल” बोलको भजन गीत नेपाली सांगीतिक बजारमा ल्याएका छन।

चर्चित लोक गायक डोलराज न्यौपाने र गायिका सरिता न्यौपानेको स्वर रहेको छ। उक्त गीतमा बिष्णु पाण्डेको शब्द रहेको छ भने गायक न्यौपानेले नै संगीत भरेका छन ।

स्मृति तिमिल्सिनाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा रोमा न्यौपाने, सबिन भण्डारी र मनिषा डोटेलको नृत्य तथा अभिनय देख्न सकिन्छ। सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादनमा सो भजन गीतको म्युजिक भिडियोलाई किरण इन्टरटेन्टमेन्टको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

दर्जनौ गीतहरुमा स्वर भरिसकेका गायक न्यौपाने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष समेत हुन। पाल्पा जिल्लामा जन्मिएका न्यौपानेले प्रवासबाट भएपनी नेपाली कला सँस्कृतिलाई जोगाई राख्न ठुलो भूमिका खेल्दै आइरहेका छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।