News Portal

  • सुनिताको ‘राजा’ बने पत्रकार शाही (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७९१ पटक

    काठमाडौँ । एक दशकदेखि पत्रकारितामा सक्रिय रामकुमार शाही (क्षितिज समर्पण)ले अभिनयमा पनि पाइला चालेका छन् । उनले अभिनय गरेको तीज गीत ‘क्यारम मायालाई’को म्युजिक भिडियो बिहीबार मात्र सार्वजनिक भएको छ ।

    साहित्य लेखनमा पनि सक्रिय जाजरकोटका पत्रकार शाहीको यो पहिलो म्युजिक भिडियो हो । उनी अहिले काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका छन् । उनका आगोका फूलहरु–२०६७, कैफियत (संयुक्त)–२०७० गरि दुईवटा गजलसंग्रह पनि प्रकाशित छन् ।

    शाहीले लोकप्रिय गायिका सुनिता अधिकारीको गीतमा अभिनय गरेका हुन् । उनलाई अभिनयमा गायिका अधिकारीले पनि साथ दिएकी छन् । शाही सुनिताको श्रीमानको भूमिकामा छन् । शाहीले यसअघि रेडियो नाटक तथा सडक नाटक पनि गर्दै आएका थिए । पानको मिसीको सफलतापछि सुनिताले आफ्नो आठौं गीतका रुपमा क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।

    शिव हमालको लय/शब्द र रहेको गीतको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निर्देशन गरेका हुन् भने चर्चित निर्देशक तथा कोरियोग्राफर प्रकाश भट्टले करियोग्राफी गरेका छन् । जुन निकै आकर्षक देखिन्छ ।

    यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो । गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् ।

    हेर्नुहोस उक्त गीतको पुरा भिडियो।

    https://m.youtube.com/watch?feature=share&v=HkQERGCplIE

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...