News Portal

सिर्जु अधिकारी र बिक्रम परियारको स्वरमा “आकाश धर्ति जुनको” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६८४ पटक

राजु बोहरा/काठमाडौँ : नेपाली लोक होस् अथवा पप तथा आधुनिक, सबै किसिमको गीतको गायन विधाबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका सिर्जु अधिकारी हिजो आज निकै ब्यस्त रहेकी छिन् । उनि अहिले पनि बिभिन्न देश तथा विदेशका स्टेज कार्यक्रमहरुमा ब्यस्त रहेकी छिन् । आफु ब्यस्त रहेपनि सिर्जुले नेपाली गीत संगीतका अनुरागीहरु माझ फरक-फरक स्वादका सांगीतिक कोसेलीहरु बजारमा ल्याइरहेकी छिन् ।

उनले केहि समय अगाडी मात्रै “ब्याण्ड बाजा” नामक सांगीतिक कोसेली आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेर अशंख्य दर्शकहरुको मन जितिसकेकी छिन् । यस भन्दा पहिले पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मनमा बस्न सफल सिर्जुले फेरी अर्को गीत बजारमा ल्याएकी छिन् । उक्त गीत “आकाश धर्ति जुनको” बोलको रहेको छ । सिर्जु अधिकारी र बिक्रम परियारको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई शब्द संगीत कृष्ण राजा बाबुले भरेका छन् ।

गायिका सिर्जुले सम्पूर्ण संगीत पारखीहरु माझ मेरा पहिलेका सांगीतिक कोसेली जस्तै यस गीतलाई पनि मन परेको खण्डमा प्रक्रिया र शेयर गरिदिनु हुन् अनुरोध गरेकी छिन् । गायन विधामा मात्र नभई मोडलिंग विधाबाट पनि आफ्नो उच्च पहिचान बनाएकी उनको यो पछिल्लो गीत “आकाश धर्ति जुनको” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक ढंगले तयार पारिएको छ ।

भिडियोमा कृष्ण राजा बाबु संग सिर्जु स्वयम् देखिएकी छिन् । यस गीतको म्युजिक भिडियोलाई निर्दीशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी गायिका तथा मोडल सिर्जु अधिकारीको थप सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...