News Portal

दिनेश रन्जन परदेश पसेपछि जुन श्रीष मगरको बाटो खुल्यो (भिडियो सहित)

हिमाली संचार संवाददाता
५९९ पटक

राजु बोहरा/काठमाडौँ : युवा स्वरोजगारको सुव्यवस्था स्वदेशमा नहुँदा कयौं नेपालीहरु पछिल्लो समय पर्देसिन बाध्य बनिरहेका छन् । यसरी पर्देशिदा आफ्नो आमाको उद्रिएको चोली र बाबाको फाटेको टोपी फेरिदिने ठुलो चाहना हुने गर्दछ । यो मात्र नभई आफ्नो लालाबाला लाई उच्च सिक्षा दिन र आफ्नो अर्धांगिनीको अन्यकौं चाहनाहरुमा मलम लगाउने पनि ठुलै चाहना हुने गर्दछ । तर यसरी परदेश पसेपछी पूर्ण घर सम्हाल्ने आफ्नी अर्धांगिनीले बल्ल बाटो खुलेको महसुस गर्दै अर्को छुट्टै स्वर्णिम संसारमा रमाउन पुगेको घटना पनि हाम्रो समाजमा देखिंदै आइएको छ ।

हो यस्तै पेरिफेरीमा एक सामाजिक यथार्थता संग सम्बन्धित गीत “पापिनिलाई बाटो खुलेछ” भर्खरै बजारमा आएको छ । दिनेश रन्जनको प्रस्तुतिमा रहेको यस गीतलाई लय गायक स्वयम् दिनेश रन्जनले भरेका हुन् भने शब्द रमेश बि.जी को रहेको छ । दिनेश रन्जन र जुना श्रीष मगरको सुमधुर स्वर रहेको यस गीतको म्युजिक भिडियो पनि सामाजिक यथार्थतालाई छर्लंग हुने गरेर तयार पारिएको छ ।

भिडियोमा कमल भुसाल “चंचल” दिपक थापा र दिब्य खनालको अभिनय देख्न सकिन्छ । यो मात्र नभई यस गीतको म्युजिक भिडियोलाई बाल कलाकार अर्बिन थापा, संदेश भुसाल, झरना भुसाल र दिपक भुसालको अभिनय अझै जिबन्तता दिएको छ । भिडियोलाई निर्देशन दिपक थापाले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई संदेश क्रियसन प्रालिले बजार व्यवस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://youtu.be/7_LSMNaM4To

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...