News Portal

  • क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट रंगेलीमा सम्पन्न

    हिमाली संचार संवाददाता
    ११४४ पटक
    रबिन्द्र बराल, मोरङ

    ११ माघ शुक्रबार : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बिहीबार भएको ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस, लङ्क जम्प, हाई जम्प, सय मिटर दाैड, ४ सय मिटर दाैड लगायत खेल सम्पन्न भएको छ ।बिहीबार भएको खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुलले २ स्वर्ण २ रजत र १ काश्यप हासिल गरेकाे छ ।

    त्यसैगरी भानु मेमाेरियल ईङ्लिस बाेडिङ स्कुल ले २ कास्यप, रंन्जनि एकाडमिले १ स्वर्ण, बाल विद्या मंन्दिरले १ रजत, न्यु स्टार बाेडिङ स्कुलले १ स्वर्ण १रजत, विशाल ईङ्लिस बाेडिङ स्कुल ले १ स्वर्ण १कास्य, त्यसैगरी सनराईज बाेडिङ स्कुल ले १ स्वर्ण १रजत, बाल ज्याेती ईङ्लिस बाेडिङ स्कुलले १ कास्यप, मुनलाईट माेडल ईङ्लिस बाेडिङ स्कुलले १कास्यप, माउन्ट एभरेस्ट बाेडिङ स्कुलले १रजत तथा द स्काई बाेडिङ स्कुलले १कास्यप जित हासिल गरेका छन ।

    उक्त खेलमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा हरुलाई माेरङ प्यापसन पुर्व अध्यक्ष शुनिल पाैडेल, बिकर्ण कार्की, माेति ढकाल, एभिन्युज टेलिभिजनका रंगेली रिपोर्टर रबिन्द्र बराल, हिमालय टेलिभिजनका किरण न्याैपाने, कृष्ण ढकाल, जीवन खनाल, जितेन्द्र दास, अभिषेक अधिकारी, गाेपाल भट्टराई, भुपेन्द्र राजवंशी लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

    स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरुभए खेलमा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालीका र धनपालथान गाउँपालिका भित्र रहेका १३ वटा निजि विद्यालय भईरहेको र सम्पुर्ण खेल रंगेली जनता क्याम्पसको खेल मैदानमा भईरहेकाे संयोजक बिकर्ण कार्कीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...