News Portal

क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिट रंगेलीमा सम्पन्न

हिमाली संचार संवाददाता
१२१२ पटक
रबिन्द्र बराल, मोरङ

११ माघ शुक्रबार : रंगेलीमा क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको बिहीबार भएको ज्याम्बिलङ्ग थ्रो, दौड, रिले रेस, लङ्क जम्प, हाई जम्प, सय मिटर दाैड, ४ सय मिटर दाैड लगायत खेल सम्पन्न भएको छ ।बिहीबार भएको खेलमा मिनिल्यान्ड ईङ्लिस बाेडिङ स्कुलले २ स्वर्ण २ रजत र १ काश्यप हासिल गरेकाे छ ।

त्यसैगरी भानु मेमाेरियल ईङ्लिस बाेडिङ स्कुल ले २ कास्यप, रंन्जनि एकाडमिले १ स्वर्ण, बाल विद्या मंन्दिरले १ रजत, न्यु स्टार बाेडिङ स्कुलले १ स्वर्ण १रजत, विशाल ईङ्लिस बाेडिङ स्कुल ले १ स्वर्ण १कास्य, त्यसैगरी सनराईज बाेडिङ स्कुल ले १ स्वर्ण १रजत, बाल ज्याेती ईङ्लिस बाेडिङ स्कुलले १ कास्यप, मुनलाईट माेडल ईङ्लिस बाेडिङ स्कुलले १कास्यप, माउन्ट एभरेस्ट बाेडिङ स्कुलले १रजत तथा द स्काई बाेडिङ स्कुलले १कास्यप जित हासिल गरेका छन ।

उक्त खेलमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रा हरुलाई माेरङ प्यापसन पुर्व अध्यक्ष शुनिल पाैडेल, बिकर्ण कार्की, माेति ढकाल, एभिन्युज टेलिभिजनका रंगेली रिपोर्टर रबिन्द्र बराल, हिमालय टेलिभिजनका किरण न्याैपाने, कृष्ण ढकाल, जीवन खनाल, जितेन्द्र दास, अभिषेक अधिकारी, गाेपाल भट्टराई, भुपेन्द्र राजवंशी लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरुभए खेलमा रतुवामाई नगरपालिका, सुनवर्षि नगरपालिका, रंगेली नगरपालीका र धनपालथान गाउँपालिका भित्र रहेका १३ वटा निजि विद्यालय भईरहेको र सम्पुर्ण खेल रंगेली जनता क्याम्पसको खेल मैदानमा भईरहेकाे संयोजक बिकर्ण कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...