News Portal

सभामुख महराले गृहमन्त्रीलाई प्रश्न सोध्न नदिएपछि कांग्रेसद्वारा संसद बैठक बहिस्कार

हिमाली संचार संवाददाता
८५४ पटक

काठमाडौं – गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको विरोधमा प्रमुख विपक्षी कांग्रेसले बिहीबारको संसद बैठक बहिस्कार गरेको छ । कांग्रेसले यसलाई सांकेतिक भनेको छ र सत्तापक्ष नसच्चिए गम्भीर निर्णय लिने चेतावनी दिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनामा सांसदहरुले उठाएको प्रश्नको गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका थिए ।

कांग्रेस सांसदहरुले नियमवलीको धारा २१९ अनुसार प्रश्न सोध्न पाउनुपर्ने माग गरे । सभामुख कृष्णबहादुर महराले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भन्दै थुमथुमाए ।

परराष्ट्रमन्त्रीले बोलेपछि सभामुख महराले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।

त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे तर, ‘सभामुखले आजका लागि समय दिन सकिन’ भन्दै सदन अगाडि बढाए ।

लगत्तै कांग्रेस सांसदहरुले बैठक बहिस्कार गरे । सभामुखले संसद नियमावली अनुसार प्रश्न सोध्न पनि नदिएकाले सांकेतिक विरोध स्वरुप बैठक बहिस्कार गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

सत्तापक्ष संविधान कार्यान्वयनमा गम्भीर नभएको र भएका ऐन नियम पालना पनि नगरेको भन्दै उनले सरकार सर्वसत्तावाद उन्मुख भएको आरोप लगाए ।

सांसद मिनेन्द्र रिजालले प्रश्न सोध्ने अधिकार कुण्ठित भएको बताए । उनले भने, ‘सरकार यो बाटोमा जान्छ भन्ने आशंकामा उहाँहरुले थप प्रमाण पेश गर्नुभएको छ ।’

कांग्रेसले सत्तापक्ष र सभामुखले आफ्नो कमजोरी सच्याउनुपर्नेमा जोड दिएको छ । ‘हामी चाहन्छौं, सरकार सुध्रीओस् । तर, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ’ कांग्रेस संसद रिजालले भनेका छन् ।

सभामुख महराले भने कांग्रेसले बैठक नै बहिस्कार गर्नुपर्ने कारण नभएको बताए । शून्य र विशेष समयमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जानकारी दिएको भन्दै उनले भनेका छन्, ‘प्रश्न उत्तरको अर्को व्यवस्था छिट्टै हुँदैछ ।’

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...