News Portal

सभामुख महराले गृहमन्त्रीलाई प्रश्न सोध्न नदिएपछि कांग्रेसद्वारा संसद बैठक बहिस्कार

हिमाली संचार संवाददाता
७६७ पटक

काठमाडौं – गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएको विरोधमा प्रमुख विपक्षी कांग्रेसले बिहीबारको संसद बैठक बहिस्कार गरेको छ । कांग्रेसले यसलाई सांकेतिक भनेको छ र सत्तापक्ष नसच्चिए गम्भीर निर्णय लिने चेतावनी दिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनामा सांसदहरुले उठाएको प्रश्नको गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएका थिए ।

कांग्रेस सांसदहरुले नियमवलीको धारा २१९ अनुसार प्रश्न सोध्न पाउनुपर्ने माग गरे । सभामुख कृष्णबहादुर महराले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि भन्दै थुमथुमाए ।

परराष्ट्रमन्त्रीले बोलेपछि सभामुख महराले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढे ।

त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे तर, ‘सभामुखले आजका लागि समय दिन सकिन’ भन्दै सदन अगाडि बढाए ।

लगत्तै कांग्रेस सांसदहरुले बैठक बहिस्कार गरे । सभामुखले संसद नियमावली अनुसार प्रश्न सोध्न पनि नदिएकाले सांकेतिक विरोध स्वरुप बैठक बहिस्कार गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

सत्तापक्ष संविधान कार्यान्वयनमा गम्भीर नभएको र भएका ऐन नियम पालना पनि नगरेको भन्दै उनले सरकार सर्वसत्तावाद उन्मुख भएको आरोप लगाए ।

सांसद मिनेन्द्र रिजालले प्रश्न सोध्ने अधिकार कुण्ठित भएको बताए । उनले भने, ‘सरकार यो बाटोमा जान्छ भन्ने आशंकामा उहाँहरुले थप प्रमाण पेश गर्नुभएको छ ।’

कांग्रेसले सत्तापक्ष र सभामुखले आफ्नो कमजोरी सच्याउनुपर्नेमा जोड दिएको छ । ‘हामी चाहन्छौं, सरकार सुध्रीओस् । तर, उहाँहरु सच्चिनुभएन भने हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ’ कांग्रेस संसद रिजालले भनेका छन् ।

सभामुख महराले भने कांग्रेसले बैठक नै बहिस्कार गर्नुपर्ने कारण नभएको बताए । शून्य र विशेष समयमा उठेका प्रश्नहरुको मन्त्रीहरुले जानकारी दिएको भन्दै उनले भनेका छन्, ‘प्रश्न उत्तरको अर्को व्यवस्था छिट्टै हुँदैछ ।’

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...