News Portal

सुनवर्सि नगरपालिकाकाे लापरबाहीले सर्वसाधारण मार्कामा

हिमाली संचार संवाददाता
६४१ पटक

रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाड चाेक नजिकै रहेको वडा कार्यलयमा वडाका वासिन्दाहरुले बिहीबार  तालाबन्दी गर्ने खाेजेका थिए । पटियापाडाबाट कैमि हुदै सुनवर्सि महाराज थान जाेडने सडक खण्ड नजिकै रहेको राजबान खाेलाकाे पक्कि पुल २०५२ सालमा निर्माण गरिएको भएता पनि २०७१ सालमा अाएकाे बाढिले पुल पुराैकाे पुर्व पश्चिममा रहेको माटाे बगाएपछि बिगत ४ बर्ष देखि उक्त सडक खण्ड भत्केपछि अहिले स्थानीय महेन्द्र साह र अरुण श्रेष्ठकाे १० कठ्ठा खेति याेग्य जमिनबाट बाईपास बाटाे समेत पानीले बगाएपछि स्थानीयलाई हिड्डुल गर्ने समस्यामा परेकाे छ ।

साे क्षेत्रमा बसाेवास गर्ने ५ सय घरपरिवारलाई उक्त सडक अवरुद्ध हुदाँ गाउँ घरमा रातिको समयमा बिरामी हुदाँ साे सडक खण्डमा सबारी साधन संन्चालन नहुने भएकोले  अाफुहरुलाई बढि समस्या परेका स्थानीय टेक बहादुर कटुवालले बताए । उक्त गाउँमा निम्न माध्यमिक विद्यालय नहुदाँ अहिले त्यस भेगका १ सय विद्यार्थीहरु उक्त खाेलामा पानी बढि मात्रामा भएको हुनाले अाधारभुत निम्न माध्यमिक  पटियापाडा विद्यालयमा पढन अाउने गरेका छन ।

तर उनिहरुले साे खाेलामा बढि पानी अाएपछि असार महिनामा भएको पहिलो त्रैमासिक परीक्षाबाट कलिला बालबालिकाहरु खाेलामा पानी वढेकै कारण  परिक्षामा सहभागी हुन नसकेको अविभावक माेतिलाल पासवानले बताए । उनले भने खाेलामा पानी बडि भएको कारण २ महिना देखि छाेरा छाेरी हरुलाई बिधालय नपठाएको बताए । छाेरा छाेरी लाई बिधालय पठाउ भने खाेलामा डुवेर मृत्यु हुने हाे कि भनेर बिधालय नपाएको समेत बताए ।

उनी जस्ता धेरै विद्यार्थीहरुका लागी पुल नबन्दा पढाइबाट बन्चित हुनु परेको छ ।  नगरपालिका र  वडा कार्यलयलाई गत चैत्र महिना देखिनै स्थानीयले बारम्बार जानकारी गराएता पनि कुनै चासाे नदेखिएकाले स्थानीय अाक्राेसित भएका हुन ।

उनिहरुले बिहीबार बिहानै १० बजे कार्यलयमा पुग्दा समेत १ जना कार्यलय सहयोगी मात्रै देखे पछि उनिहरुले केहीबेर कर्मचारीहरुलाई समेत कार्यलय प्रवेशमा राेक लगाएका थिए । वडा सचिव जगदीश राजबंशीका अनुसार अबकाे ५ दिन भित्र उक्त स्थानमा बाँसकाे पुल निर्माण गरिने प्रतिबद्धता समेत जनाएका छन ।

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...