News Portal

सुनवर्सि नगरपालिकाकाे लापरबाहीले सर्वसाधारण मार्कामा

हिमाली संचार संवाददाता
७११ पटक

रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाड चाेक नजिकै रहेको वडा कार्यलयमा वडाका वासिन्दाहरुले बिहीबार  तालाबन्दी गर्ने खाेजेका थिए । पटियापाडाबाट कैमि हुदै सुनवर्सि महाराज थान जाेडने सडक खण्ड नजिकै रहेको राजबान खाेलाकाे पक्कि पुल २०५२ सालमा निर्माण गरिएको भएता पनि २०७१ सालमा अाएकाे बाढिले पुल पुराैकाे पुर्व पश्चिममा रहेको माटाे बगाएपछि बिगत ४ बर्ष देखि उक्त सडक खण्ड भत्केपछि अहिले स्थानीय महेन्द्र साह र अरुण श्रेष्ठकाे १० कठ्ठा खेति याेग्य जमिनबाट बाईपास बाटाे समेत पानीले बगाएपछि स्थानीयलाई हिड्डुल गर्ने समस्यामा परेकाे छ ।

साे क्षेत्रमा बसाेवास गर्ने ५ सय घरपरिवारलाई उक्त सडक अवरुद्ध हुदाँ गाउँ घरमा रातिको समयमा बिरामी हुदाँ साे सडक खण्डमा सबारी साधन संन्चालन नहुने भएकोले  अाफुहरुलाई बढि समस्या परेका स्थानीय टेक बहादुर कटुवालले बताए । उक्त गाउँमा निम्न माध्यमिक विद्यालय नहुदाँ अहिले त्यस भेगका १ सय विद्यार्थीहरु उक्त खाेलामा पानी बढि मात्रामा भएको हुनाले अाधारभुत निम्न माध्यमिक  पटियापाडा विद्यालयमा पढन अाउने गरेका छन ।

तर उनिहरुले साे खाेलामा बढि पानी अाएपछि असार महिनामा भएको पहिलो त्रैमासिक परीक्षाबाट कलिला बालबालिकाहरु खाेलामा पानी वढेकै कारण  परिक्षामा सहभागी हुन नसकेको अविभावक माेतिलाल पासवानले बताए । उनले भने खाेलामा पानी बडि भएको कारण २ महिना देखि छाेरा छाेरी हरुलाई बिधालय नपठाएको बताए । छाेरा छाेरी लाई बिधालय पठाउ भने खाेलामा डुवेर मृत्यु हुने हाे कि भनेर बिधालय नपाएको समेत बताए ।

उनी जस्ता धेरै विद्यार्थीहरुका लागी पुल नबन्दा पढाइबाट बन्चित हुनु परेको छ ।  नगरपालिका र  वडा कार्यलयलाई गत चैत्र महिना देखिनै स्थानीयले बारम्बार जानकारी गराएता पनि कुनै चासाे नदेखिएकाले स्थानीय अाक्राेसित भएका हुन ।

उनिहरुले बिहीबार बिहानै १० बजे कार्यलयमा पुग्दा समेत १ जना कार्यलय सहयोगी मात्रै देखे पछि उनिहरुले केहीबेर कर्मचारीहरुलाई समेत कार्यलय प्रवेशमा राेक लगाएका थिए । वडा सचिव जगदीश राजबंशीका अनुसार अबकाे ५ दिन भित्र उक्त स्थानमा बाँसकाे पुल निर्माण गरिने प्रतिबद्धता समेत जनाएका छन ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...