आज : २०२६-०७-१२, आइतबार

बहुचर्चित गायिका लक्ष्मी न्यौपानेले ल्याईन “माईतीको काख” (भिडियो)

महेन्द्र मुस्कान क्षेत्री
काठमाडौ – हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकै गर्दा नेपाली सांगेतिक बजारमा तिजे गितहरुको तिव्र गतिमा भिड छ । यसै भिडभाडमा बहुचर्चित गायिका लक्ष्मी न्यौपानेको नयाँ तिज गित “माईतीको काख” सार्वजनिक भयको छ । निकै लामो समय देखि नेपाली सांगेतिक क्षेत्रमा प्रवेश गरेकी लक्ष्मी न्यौपानेको सायदै यो बर्षको पहिलो तिज गित पनि होला।

लक्ष्मी न्यौपाने र सारदा बस्यालको स्वरमा रहेको सो तिज गितमा शब्द पनि गायीका न्यौपानेले नै गर्नु भएको छ भने गितको संगीत सारदा बस्यालको रहेको छ।

पछिल्लो समयकि बहुचर्चित निर्देशित स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा स्वयं स्मृति तिमिल्सिना गुरुआमा, करिस्मा ढकाल, लोमुस शर्मा र आरयन मगरको उत्कृष्ट नृत्य पनि हेर्न पाइन्छ।

सुरेश श्रेष्ठको छायांकनमा तयार भएको सो म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन। गितको भिडियो लक्ष्मी न्यौपानेको अफिसियल यूटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

हेर्नुहोस उक्त गितको पूरा भिडियो ।

https://youtu.be/ZAihT6j1tXA