News Portal

शेरबहादुर देउवा नेपाली राजनीतिका पेले हुन् : केन्द्रीय सदस्य घिमिरे

८६३ पटक

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली—प्रचण्डले भगवानले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाउनुभएको छ ।

नागरिकको हित विपरित, संविधानको मर्म विपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यसलाई रोक्न चेतावनी समेत दिनुभएको छ । रिपोर्टर्स क्लब प्रदेश ५ ले  बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घिमिरेले सरकारले देखाएको रबैयाका कारण कांग्रेसले आफ्ना माग बोकेर सडकमा जानु परेको बताउनुभयो ।

सांसदको सपथ नखाँदै ओलीले सोझै प्रधानमन्त्रीको सपथ खाने, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका तीन जनाको सिफारिसलाई धेरै दिनसम्म झुलाएर नयाँ सरकार बनेपछि फेरि तीन जनालार्इ मनोनयन गरेर संविधानको उल्लंघन सुरु भयो ।’ प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेको उहाँको आरोप छ ।

‘५ वर्षका लागि सरकार बनेको हो, चुनाव जित्न नागरिक रिजाउन सक्नुपर्छ, त्यसै ५० वर्ष कम्युनिष्ट सरकार बन्छ, जित्छ भनेर नागरिक धम्काएर जितिन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।

जोशीलाइ प्रधानन्यायाधीश नबनाउने षड्यन्त्र

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाइ प्रधानन्यायधीश नबनाउने षड्यन्त्र भैरहेको उहाँको भनार्इ छ । ‘संवैधानिक परिषदको सिफारिस, न्यायरिषदको अनुमोदन, सर्वोच्च अदालतको सिफारिस पूरा गरेर आएको व्यक्तिलाई घरी शैक्षिक प्रमाणपत्रको कुरा उठाएर, घरी न्यायसम्पादनको कुरा उठाएर प्रधानन्यायाधीश नबनाउने षड्यन्त्र भएको छ’, घिमिरेले भन्नुभयो ।

उहाँले नेकपाभित्र आन्तरिक द्वन्द्वका कारण नै सरकार ५ वर्ष नटिक्ने ठोकुवा गर्नुभयो । ‘नेकपाका प्रवक्ताले राजीनामा दिएका छन्, गोविन्द केसीको अनसनमा नेकपाका धेरै सांसदको समर्थन थियो, यस्तै कारण सरकार टिक्दैन ।’

‘शेरबहादुर, रामचन्द्रहरु किनारामा बसेर युवापुस्तालाइ हौसला दिनुस्’, घिमिरेले भन्नुभयो । फुटबलका पेलेजस्तै नेपाली राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पेले भएको उहाँले टिप्पणी गर्नुभयो ।

‘४ पटक प्रधानमन्त्री बन्नुभयो, सभापति बन्नुभयो, अब हामीले तपार्इँहरुलाइ धेरै भारी बोकाए पाप लाग्छ, शेरबहादुर दाइ, रामचन्द्र दाइहरु मैदानको किनारामा बसेर ताली बजाउनुस्, हौसला दिनुस्, अब हामी मैदानमा खेल खेल्छौं ।’

फुटबलको उदाहरण दिँदै घिमिरेले भन्नुभयो, ‘पेले कुनै बेला राम्रै खेल्थे तर अहिले दर्शक दीर्घामा बसेर ताली पिटेर हौसला दिने गरेका छन् ।’ उहाँले अब पार्टी नयाँ शिराबाट अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।उज्यालोअनलाइनबाट

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...