News Portal

  • नेपालगन्जमा पृथ्वी जयन्ती यसरी मनाईयो (फोटो फिचर)

    हिमाली संचार संवाददाता
    ७४१ पटक

    नेपालगन्ज : रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार नेपालगन्जमा ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले र्‍यालीको आयोजना गरेको छ ।

    बिपि चोकबाट शुरु भएको र्‍याली धम्बोझी चोकमा गएर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा नेपालगन्जका राजनितिक दल, कानून व्यवसायी, पत्रकार, विद्यार्थी, उद्योगी व्यापारी लगायत नागरिक समाजको उल्लेख्य सहभागीता रहेको थियो ।

    र्‍याली पछि भएको कोणसभालाई सम्बोधन गर्दै ठकुरी सहयोग संजाल प्रदेश ६ का प्रमुख देब बहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको बारेमा बताउनुभयो । साथै बाँके र बर्दियालाई ठकुरी सहयोग संजालको पहलमा कर्णाली प्रदेशमा समायोजन गर्नको लागि आव्हान गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै आफ्नो मन्तव्य राख्दै ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले नेपालको एकीकरण गरि आधुनिक नेपालका निर्माता राष्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर यो भब्य कार्यक्रम इतिहासिक नगरी नेपालगन्जमा मनाउन पाउँदा गर्वको महसुस गरेको बताउनुभयो ।

    देशले अहिले पनि राष्ट्रपिता पृथ्वीनारायण शाहको अभाव महसुस गर्दै छ, देशमा सृजित भ्रस्टाचार, हत्याहिंसा अनि न्यायको खोजिले त्यो प्रमाणित गर्छ र राष्ट्रपिता पृथ्वीनारायण शाहले देखाएको बाटोमा देश चल्नुको बिकल्प नरहेको र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाइ सरकारले मान्यता दिएर सरकारी स्तर देखिनै भब्य रुपमा मनाउनु पर्ने र यदि सरकारले त्यसो नगरे ठकुरी सहयोग संजालले देशब्यापी आन्दोलन गर्ने समेत बताउनुभयो ।

    साथै पृथ्वी जयन्तिको दिन ठकुरी सहयोग संजाल बाँके र ठकुरी पत्रकार समाज नेपालले सयुक्त रूपमा गरिएको थियो उक्त कार्यक्रममा ५०० जना भन्दा बढी जनमानसको सहभागिता थियो र पृथ्वी जयन्तीको अवसरमा नेत्रहिनलाई भोजन समेत गराइएको छ ।

    थप तस्वीरहरु :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...