News Portal

सल्यानको बन्गाड खोलामा वाढि आएपछि यातायातका साधान विचबाटो मै अलपत्र

हिमाली संचार संवाददाता
१३३५ पटक

दुर्गा वि.सी.
सल्लीबजार – छिन्चु जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको वाढिका कारण उक्त सडक खण्डमा बुधबार विहानै देखि आवतजावत ठप्प छ । बनगाड कुपिण्डेको सल्लीवजारमा बुधबार विहानै देखि यातायातका साधानमा सवार यात्रुहरु अलपत्र परेका छन् । खोलामा वाढि आएपछि केही सवारी खोला पार गर्दा  खोलामै फसे पछि नगरपालीकाको डोजरले उद्धार गरेको छ ।

काठमाण्डौ,नोपलगञ्ज,सुर्खेत हुदै विभिन्न स्थानबाट आतवजावतको लागि हिडेका गाडिहरु खोलाका कारण गन्तव्यमा पुग्न नसकेको इलाका प्रहरी कार्यलय सल्लीवजार जनाएको छ । सयौ सवारी साधानसँगै यात्रुहरु अलपत्र परेका छन् । बन्गाड खोलामा समयमा पुल नवन्दा नागरिकले सास्ती खेपिरहेका छन् । पुलको जिम्मा पाएको आशिस निर्माण सेवाले समयमा काम प्रति तदारुकता नदेखाउनले वर्षातमा आवत जावतमा कठिनाई परेको छ ।

त्यसै गरि सल्लीवजार देखि रुकुम चौरजहारी सडक खण्डको नाथेखोलामा पनि निर्माणधिन पक्की पुलको कामको जिम्मा लगेका ठेकेदार भागे पछि सवारी साधान आवत जावत ठप्प रहेको छ । नाथैखोलामै निर्माणधिन कल्वर्टको काम समेत ठेकेदारले अलपत्र पारेर भागेको स्थानीयले वताए । निर्माणधिन पक्की पुलसँगै अर्को खोलामा कल्वर्ट निर्माण नभए पछि सवै यातायातका साधान खोलामा फसेका छन् । वर्षातमा आधा काम गरेर निर्माण व्यवसायी भाग्नले समस्या आईपरेको स्थानीयको गुनासो छ ।

२ दिन देखि परेको अविरल वर्षाका कारण दुवै राजमार्ग बन्द भएका छन् । बन्गाड कुपिण्डेको अन्य ग्रामिण सवै सडकहरु भने पहिले नै वन्द भएका छन् । नगरका नयाँ खनेका प्रायः सवै ग्रामिण सडकहरु पुर्णरुपले वन्द छन् ।

प्रतिकृया दिनुहोस्

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...

नवलपुरकी पूजा परियार १७ महिनापछि युएईबाट स्वदेश फिर्ता

अबुधाबी – वैदेशिक रोजगारीका क्रममा १७ महिना अघि हाउसमेडका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी...

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...