News Portal

समचार प्रभाव : अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग छटपटाईरहेकी पासवानलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
६५० पटक

रबिन्द्र बराल : “सुनवर्सि नगरपालिकाका पासवान परिवार अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग लडदै” शिर्षकको समाचार गएको बिहीबार हिमाली संचार डटकम लगायत विभिन्न अनलाइनमा प्रसारण भएपछि सहयोगीहरुकाे हात अगाडि बढन थालेको छ ।

राेजगारीकाे सिलसिलामा काेरीया पुगेका सुनवर्सि नगरपालिका २ डाईनियाँ वस्ने ललित कुमार पंन्डितले श्रीमती ललिता कुमारी पंन्डितलाई उक्त बृद्धालाई केही अार्थिक सहयोग गर्नु भनेपछि शनिबार अस्पताल पुगेर नगद ५ हजार रुपैयाँ सहयोग गरेकि छन। त्यसैगरी रंगेली नगर युवा क्लवले समेत चन्दा संङकलन गरि ९ हजार १ सय रुपैयाँ समेत सहयोग गरेका छन ।

माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाडामा रहेको कबिराज दासकाे कुटिमा बर्षाे देखि बसाेवास गर्दे अाएका वादुलाल पासवानकि ६५ बर्षकि श्रीमती प्रमेश्वरी पासवान रकमकाे अभावका कारण अहिले अास्पतालकाे बेड नम्बर ७ काे सैयामा छट्पटी रहेकि छन । पुस ९ गते अाफुसंग रहेको ५ सय रुपैयाँ लिएर श्रीमतीलाई उपचारका लागि रंगेली अस्पतालमा ल्याईपुर्याएका थिए। प्रमेश्वरीलाई रक्त अल्पता (एलिनियाँँ) भन्ने राेग लागेकाे र शरिरमा रगतकाे अभावका कारण यस्तो राेग लाग्ने गरेको अस्पतालका डाक्टर निरज देवले बताए।

 

सुनवर्सि नगरपालिकाका पासवान परिवार अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग लडदै 

रंगेली अस्पतालमा गरिव र अति विपन्न घरपरिवारका सर्वसाधारणहरु उपचार गराउन अाउने गरेका छन । उक्त बिरामीलाई सबै प्रकारको सेवा निशुलक गरेता पनि थप विभिन्न प्रकारकाे वल्ड टेस्टहरु अस्पतालमा नहुने हुदा उपचारका लागि अन्यत्र लैजानु पर्ने डाक्टर बताउँछन् । अार्थिक अभावका कारण उपचार गर्ने नसकिए यी वृद्धकाे अकालमै ज्यान जान सक्ने खतरा समेत देखिएकाे छ ।

दैनिक जनमजदुरी गरेर बिहान बेलुकी छाक टारीरहेका यी बृद्ध अहिले रकम नभएपछि सहयोगका लागि भिख मागिरहेका छन । अहिले अस्पतालमा वादुलाललाई विभिन्न ब्यक्तिहरुले खानाकाे समेत ब्यवस्था गरि दिएका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...