News Portal

समचार प्रभाव : अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग छटपटाईरहेकी पासवानलाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
७२८ पटक

रबिन्द्र बराल : “सुनवर्सि नगरपालिकाका पासवान परिवार अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग लडदै” शिर्षकको समाचार गएको बिहीबार हिमाली संचार डटकम लगायत विभिन्न अनलाइनमा प्रसारण भएपछि सहयोगीहरुकाे हात अगाडि बढन थालेको छ ।

राेजगारीकाे सिलसिलामा काेरीया पुगेका सुनवर्सि नगरपालिका २ डाईनियाँ वस्ने ललित कुमार पंन्डितले श्रीमती ललिता कुमारी पंन्डितलाई उक्त बृद्धालाई केही अार्थिक सहयोग गर्नु भनेपछि शनिबार अस्पताल पुगेर नगद ५ हजार रुपैयाँ सहयोग गरेकि छन। त्यसैगरी रंगेली नगर युवा क्लवले समेत चन्दा संङकलन गरि ९ हजार १ सय रुपैयाँ समेत सहयोग गरेका छन ।

माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाडामा रहेको कबिराज दासकाे कुटिमा बर्षाे देखि बसाेवास गर्दे अाएका वादुलाल पासवानकि ६५ बर्षकि श्रीमती प्रमेश्वरी पासवान रकमकाे अभावका कारण अहिले अास्पतालकाे बेड नम्बर ७ काे सैयामा छट्पटी रहेकि छन । पुस ९ गते अाफुसंग रहेको ५ सय रुपैयाँ लिएर श्रीमतीलाई उपचारका लागि रंगेली अस्पतालमा ल्याईपुर्याएका थिए। प्रमेश्वरीलाई रक्त अल्पता (एलिनियाँँ) भन्ने राेग लागेकाे र शरिरमा रगतकाे अभावका कारण यस्तो राेग लाग्ने गरेको अस्पतालका डाक्टर निरज देवले बताए।

 

सुनवर्सि नगरपालिकाका पासवान परिवार अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग लडदै 

रंगेली अस्पतालमा गरिव र अति विपन्न घरपरिवारका सर्वसाधारणहरु उपचार गराउन अाउने गरेका छन । उक्त बिरामीलाई सबै प्रकारको सेवा निशुलक गरेता पनि थप विभिन्न प्रकारकाे वल्ड टेस्टहरु अस्पतालमा नहुने हुदा उपचारका लागि अन्यत्र लैजानु पर्ने डाक्टर बताउँछन् । अार्थिक अभावका कारण उपचार गर्ने नसकिए यी वृद्धकाे अकालमै ज्यान जान सक्ने खतरा समेत देखिएकाे छ ।

दैनिक जनमजदुरी गरेर बिहान बेलुकी छाक टारीरहेका यी बृद्ध अहिले रकम नभएपछि सहयोगका लागि भिख मागिरहेका छन । अहिले अस्पतालमा वादुलाललाई विभिन्न ब्यक्तिहरुले खानाकाे समेत ब्यवस्था गरि दिएका छन ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...