News Portal

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई ७ वर्ष जेल सजाय

हिमाली संचार संवाददाता
५६५ पटक

इस्लामवाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार ७ वर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो ।

फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ ।

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका सरिफले भने आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी सबै आरोपहरूको खण्डन गरेका छन् । उनले पाकिस्तानमा प्राय हाबी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफूमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउँदै आएका छन् ।

सोमबारको फैसलामा राज्य शक्ति र स्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा परिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ ।पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उनलाई अदालतले १५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकेको समाचार प्रसारण गरेको छ ।

थुनामा रहेका सरिफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरूले जनाएका छन् । फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । फैसलापछि शरीफ र उनको पार्टीका समर्थकहरूले अदालत विरुद्ध आक्रोश व्यक्त गरेका थिए भने उनीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।

शरिफको पार्टी पिएमएल—एनका नेता सहिद खाक्वान अब्बासीले अदालतको फैसलाका विरुद्धमा पुनरावेदन दिने बताए । अदालतले सरिफलाई आजीवन राजनीतिमा अयोग्य पनि घोषणा गरेको छ ।

भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने निकायहरूले सरिफका अन्य फरक फरक तीन मुद्दामा पनि अनुसन्धान गरिरहेका छन् । पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका सरिफ सहित उनकी छोरी पक्राउ परेकी थिइन् । एएफपी

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...