News Portal

आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ : प्रधानमन्त्री ओली

हिमाली संचार संवाददाता
६१९ पटक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र सदस्य भीम रावलबीच चर्काचर्की भएपछि बैठक नै स्थगित भएको छ ।

आइतबार स्थायी कमिटी बैठकमा रावलले हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनका बारेमा पार्टी र सरकार नेतृत्वले सहभागी भएर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने माग गरेका थिए । नेकपा स्रोतका अनुसार रावललाई बैठकमा स्थायी कमिटीका सदस्यहरू घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त, अग्निप्रसाद सापकोटा लगायतका नेताले साथ दिए ।

तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गल्ती नभएको भन्दै आत्मालोचना गर्दिनँ भनेर कड्किँदै जवाफ दिएपछि बैठकमा चर्काचर्की बढ्यो । बैठकमा सहभागी एक नेताका अनुसार रावल सहितका नेताहरुले जसरी भए पनि नेतृत्वले आत्मालोचना गर्नैपर्ने अडान राखे भने ओलीले नगर्ने अडान राखिरहेकाले बाझाबाझ नै भयो ।

बैठकमा सहभागी एक नेताले रावलको भनाई उद्धृत गर्दै भने, ‘आत्मालोचना नगरेसम्म हामी छोडदैनौँ, गल्तीलाई गल्ती भयो भनेर हामीले किन स्वीकार नगर्ने ?’ अध्यक्ष ओली पनि के कम ।

‘पार्टी र सरकार प्रमुखको हैसियतले एसिया प्यासिफिक सम्मेलनमा सहभागी भएर मैले कुनै गल्ती गरेको छैन’ उनले भने, ‘गल्ती नै गरेको कामका कारण आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ ।’ हामीले यो समाचार राजधानी दैनिकबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...