News Portal

सरकारले उपचार खर्चमा कानून विपरीत ४ करोड बाँडेको कांग्रेस नेता गगन थापाको आरोप

हिमाली संचार संवाददाता
४४४ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले उपचारका नाममा केही महिनायता कानून विपरीत ४ करोड रुपैयाँ बाँडेको आरोप लगाएका छन् ।

सोमबार संसदको शिक्षा स्वास्थ्य समितिको बैठकमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले सरकारले कानुन विपरित उपचारका नामका रकम बाँडेको भन्ने सूचनाका सन्दर्भमा समितिले जानकारी माग्नुपर्ने र त्यसबारे छलफल चलाउनुपर्ने बताए ।

‘मैले पाएको जानकारीमा केही महिनाभित्रमा सरकारले ४ करोड भन्दा बढी रकम बिभिन्न ब्यक्तिहरुलाई स्वास्थ्य उपचारका निम्ति भनेर दिएको छ’, थापाले भने, ‘सरकारले कुन ऐनमा टेकेर दिएको हो र को कोले प्राप्त गरे भन्ने कुरा चाहियो । यसबारे जानकारी मागेर थप छलफल अगाडि बढोस् भन्ने अनुरोध गर्न चाहन्छु ।

जनस्वास्थ्य ऐनअनुसार सरकारले कुनै पनि नेपाली नागरिकलाई विदेशमा उपचार गर्नका लागि पैसा दिन नपाउने प्रबन्ध रहेको उल्लेख गर्दै सांसद थापाले नेपालभित्रै उपचार खर्च दिने प्रचलनका निम्ति छुट्टै कार्यविधि रहेको बताए । उक्त कार्यविधिले कस्तो परिस्थितिमा, कस्ता ब्यक्तिलाई उपचार खर्च दिने भन्ने ब्यवस्था गरेको तर, उक्त कानुनी प्रवन्ध विपरीत सरकारले केही महिनाभित्र ४ करोड भन्दा बढी रकम बाँडेको आफूले जानकारी पाएको थापाले उल्लेख गरेका हुन् ।

‘हामीले एउटा जनस्वास्थ्य ऐनबाट सरकारले कुनै पनि नेपाली नागरिकलाई विदेशमा उपचार गर्नको लागि पैसा दिन नपाउने भनेर कानुनी प्रवन्ध गरेका छौं’, पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले भने, ‘नेपालभित्रै पनि उपचार खर्च भनेर दिने प्रचलन छ । त्यसका निम्ति स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधि छ । उक्त कार्यविधिले कस्तो परिस्थितिमा, कस्ता कस्ता ब्यक्तिलाई मात्रै दिने भनेर भन्छ । त्यो भन्दा बाहिर जान पाइदैन ।

समिति सभापति जयपुरी घर्तीले सरकारले त्यसरी रकम दिएको भए आवश्यक जानकारी लिएर अर्को बैठकमा छलफल गर्ने आश्वासन दिएकी छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...