News Portal

डोलराज बारघरे मगरको भान्जी निर आलेलाई (भिडियो सहित)

हिमाली संचार संवाददाता
६३५ पटक

राजु बोहरा/काठमाडौँ : चार बर्ण र छत्तिस जातिको फुलबारी हाम्रो देश आफ्नै कला संस्कृति र मुलिक्ताले भरिपुर्ण रहेको छ । यसमाथि पनि नेपाली लोक तथा दोहोरी गीत संगीतले हाम्रो देशको उच्चतालाई  शिखरमा पुर्याएको छ ।

अझै बिभिन्न भाषा भाषिका गीतहरुले झनै महत्वपुर्ण भूमिका खेलेको हामि पाउदछौं । सोहि क्रममा मगर समुदायको कला संस्कृति र मौलिकतालाई केन्दित गर्दै एक गीत भर्खरै बजारमा आएको छ । मगर समुदाय भित्र यसै पनि बिभिन्न सन्स्कार सन्स्कृतिहरु पाईन्छ त्यसमा पनि सान्स्कृतिक पक्ष अत्यन्तै राम्रो मानिन्छ ।

मगर समुदाय भित्र नाचिने सोरठी, हुरा, कौरा, ठाडो भाका ,झ्याउरे आदी जस्ता नाचहरु अत्यतै प्रचलित छन । यसै क्रममा गायक तथा संगिताकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको मगर भाषाको अत्यन्तै मौलिक झ्याउरे गीत “भान्जी” सार्वजनिक भएको छ ।

यसो त मगर समुदाय भित्र मामा भान्जीको साईनोलाई अत्यन्तै चोखो साईनोको रुपमा लिने गरिन्छ । जुन साईनो बिच माया प्रेम र विवाह जस्तो कुराहरु हुँदैन । यधपी कुनै नयाँ ठाउको पुरुषले अर्को नयाँ ठाउको महिला सङ्ग भेट हुँदा भान्जी भनेर बोलाउने या महिलाहरुले पनि मामा भनेर जिस्किने चलनलाई समेटेर बनाईएको यस गीतमा शब्द तथा लय अग्रज कलाकार मान बहादुर बरालको रहेको छ ।

डोलराज बारघरे मगर र निरु श्रीष मगरको सुमधुर स्वरमा सजिएको गीतलाई स्वयम गायक बारघरेले एरेन्ज गरेका हुन । सुमन थापा मगरको निर्देशन रहेको गीतमा करण चैसिरको छायांकन तथा प्रबिण रेश्मी मगरको सम्पादन रहेको छ । चर्चित मोडेल द्वय निर आले मगर र रीना थापा मगरको सुन्दर अभिनय रहेको गीतलाई ग्यालेक्सी म्युजिक प्रा ली ले बजार ब्यब्स्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...