News Portal

राजपामा विवाद : वडाध्यक्ष बन्ने हैसियत नभएका नेता राष्ट्रिय अध्यक्ष  

हिमाली संचार संवाददाता
५०७ पटक

मनिका झा
जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल भित्र विवाद बढ्दै गएको छ। राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि धनुषामा महन्थ ठाकुरको पूर्व तराई मधेस लोकतान्त्रिक पार्टीबाट आएका नेता तथा कार्यकर्ता र महतोको पूर्व सद्भावनाका नेताबीच विवाद बढेको हो। पार्टीका ठाकुर पक्षका नेताले महतो पक्षका नेता अगाडि संयोजक महतोको विषयमा अनावश्यक टिक्काटिप्पणी गरेपछि हातपातसम्मको अवस्था सिर्जना भएको छ।

विवाद बढ्दै गएपछि धनुषा जिल्ला अध्यक्ष मण्डलको बैठकले महतो पक्षका नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेर केन्द्रीय अध्यक्ष मण्डललाई सिफारिस पठाएको छ।

गत  बिहीबार राजपाका केन्द्रीय सदस्य संजय चौधरी पार्टीका रौतहट जिल्ला संयोजक मोहम्मद शेख जम्सेदको अनुरोधमा पार्टीका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलसँग भेट्न उनको निवासमा पुगेका थिए।

मोरङमा गगन थापा यसरी गर्जिए

मन्त्री निवासमा राजपा प्रदेश २ का सचेतक तथा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेशसभा (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद परमेश्वर साह पहिलादेखि नै बसेका थिए। साह ठाकुर निकटका नेता हुन्। उनी पूर्व तमलोपाका जिल्ला अध्यक्षसमेत हुन्।
‘मन्त्री सोनलसँग कुराकानी भइराखेको क्रममा पार्टीको नयाँ संरचनाबारे पनि चर्चा सुरु भएको थियो’, नेता चौधरीले भने, ‘हामीले परमेश्वरजीसँग कुनै कुरा गरेका थिएनौं। तर, उनले अनावश्यक रुपमा महतोजीका विषयमा टिप्पणी थाल्नुभो।

साहले राजपा भित्र महन्थ ठाकुर मात्रै  इमान्दार नेता भएको भन्दै महतोको चर्को आलोचना गरेपछि विवाद भएको थियो।  साहले  महतोका विषयमा आलोचना गर्दै दिएको अभिव्यक्ति उद्धृत गर्दै चौधरीले भने, ‘जुन मानिसको वडाध्यक्ष समेत बन्ने हैसियत छैन्, त्यो मान्छे राष्ट्रिय अध्यक्ष बन्यो।

यसको प्रतिवाद गर्दै रौतहटका संयोजक जम्शेदले ठाकुरजी विगतमा कांग्रेसबाट आएको भए पनि महतोजी सधैं मधेसवादी भएर नै संघर्ष गर्दै आएको कुरा बिर्सिनु नहुने बताए। उनले यत्ती भन्दा  सांसद साह रिसाएर आफ्नो कुर्सीबाट उठेर जम्शेदतर्फ औंला देखाउँदै आक्रोशित भएका थिए। सोही क्रममा एक अर्काको कुरालाई प्रतिवाद गर्दै धक्कामुक्कीको अवस्था आएको थियो।

पार्टीका दुई नेताबीच भएको वादविवादको खुलासा  सञ्चारमाध्यममा भएपछि नेता साहले महतो पक्षधर नेता चौधरीले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्।  शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरेर सचेतक साहले हुँदै नभएको घटनालाई भ्रामक रुपमा प्रचारबाजी गरेर पार्टीको अनुशासन विपरीतको काम चौधरीले गरेको आरोप लगाए।

राजपा धनुषाको अध्यक्ष मण्डलको शनिबार बसेको बैठकले चौधरीलाई कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ। चौधरीले अनुशासनहिन काम गरेको हुनाले उनलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेका छौं’, अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डलले भने, ‘ चौधरीले सुनियोजित रुपमा चरित्र हत्या गर्ने काम गरेकाले कारवाहीको निर्णय गरिएको हो।

पार्टीले उनलाई कारवाही नगरे भोलि झन् अराजकता बढ्ने उनको भनाइ छ। सम्मेलनमा धनुषा अध्यक्ष मण्डलका अन्य सदस्य वीरेन्द्रकुमार यादव र सतिशकुमार लाल दास पनि उपस्थित थिए।
अध्यक्ष मण्डलका संयोजक प्रमोदकुमार यादव पारिवारिक कारणले उपस्थित नभए पनि उनको यस निर्णयप्रति समर्थन रहेको जनाइएको थियो।

बैठकमा अनुपस्थित रहेका महतो पक्षका अध्यक्ष मण्डलका सदस्य संजय सिंहले पार्टी भित्रका दुई नेता बीचको यस प्रकारको विवाद निकै दुःखद रहेको बताए।  ‘आपसी विवादलाई आपसमै हल गरिनुपर्दछ’, उनले भने, ‘यस्ता विवाद पार्टीका लागि चिन्ताका विषय हुन्।

यता, कारवाहीको लागि अध्यक्ष मण्डलले सिफारिस गरेका नेता चौधरी अनुशासनको अर्थ सबैको लागि बराबरी लाग्नु पर्ने बताउँछन्।  ‘पार्टी विधानबाट चल्ने हो,’ उनले भने, ‘पार्टी भित्रका सम्पूर्ण नेतालाई समान कानुन लाग्नुपर्छ। सबैले सबैलाई सम्मान गर्नुपर्छ।

उनले आफूले मात्रै गल्ती गरेको भए त्यसको सजाय भोग्न तयार रहेको बताए। ‘यदी साह पनि गल्तीका भागेदार हुन् भने उनलाई पनि कारवाही हुनुपर्छ’, उनले भनेको अन्नपूर्णले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...