News Portal

चितवनमा प्रचण्डको बिरोध गर्ने कांग्रेस महासमिति सदस्य प्रधान पक्राउ, रिहा गर्न कांग्रेसको चेतावनी

हिमाली संचार संवाददाता
५०९ पटक

काठमाडौं : नेपाली कांग्रेसका महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य सुवोध प्रधानलाई प्रचण्डको विरोध गरेको आरोपमा पक्राउ गरिएको छ। चितवनस्थित सेन्ट्रल पार्म होटलका सञ्चालक समेत रहेका प्रधानलाई चितवन प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थायी बासिन्दा प्रधानले प्रचण्डले बोलेको समाचारमा कमेन्ट गरेको आरोपमा पक्राउ गरेको हो। नेपाली कांग्रेसको महासमिति वैठक सकिदै गरेको दिन नै प्रचण्डको आदेशमा प्रहरीले प्रधानलाई पक्राउ गरेको हो । प्रधानको पक्राउको जानकारी दिदै कांग्रेस नेता गगन थापाले उनको विना शर्त रिहाइको माग गरेका छन् ।

यो पनि पढ्नुहोस।

कांग्रेस हिन्दु राज्यको पक्षमा उभिदा नेकपालाई टाउको दुखाइ 

नेकपाका अध्यक्ष प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाउँदै बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट कांग्रेसपछि हटेको हो भने कांग्रेस नै समाप्त हुने चेतावनी दिएका थिए ।

प्रचण्डको अभिव्यक्तिको सोही समाचारमा गरेको कमेन्ट गरेकै आधारमा प्रधानलाई प्रहरीले पक्राउ गरेको कांग्रेस नेता थापाको भनाई छ ।

प्रधान पक्राउ परे लगत्तै काठमाडौंमा महासमिति वैठकमा रहेका कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी चितवन गएका थिए। प्रहरीले सामाजिक सञ्जालमा गाली वेइज्जती नगर्ने गरि प्रधानलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ। चितवन कांग्रेसले प्रधानलाई रिहा नगरे प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...