News Portal

चितवनमा प्रचण्डको बिरोध गर्ने कांग्रेस महासमिति सदस्य प्रधान पक्राउ, रिहा गर्न कांग्रेसको चेतावनी

हिमाली संचार संवाददाता
४९७ पटक

काठमाडौं : नेपाली कांग्रेसका महासमिति सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय सदस्य सुवोध प्रधानलाई प्रचण्डको विरोध गरेको आरोपमा पक्राउ गरिएको छ। चितवनस्थित सेन्ट्रल पार्म होटलका सञ्चालक समेत रहेका प्रधानलाई चितवन प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थायी बासिन्दा प्रधानले प्रचण्डले बोलेको समाचारमा कमेन्ट गरेको आरोपमा पक्राउ गरेको हो। नेपाली कांग्रेसको महासमिति वैठक सकिदै गरेको दिन नै प्रचण्डको आदेशमा प्रहरीले प्रधानलाई पक्राउ गरेको हो । प्रधानको पक्राउको जानकारी दिदै कांग्रेस नेता गगन थापाले उनको विना शर्त रिहाइको माग गरेका छन् ।

यो पनि पढ्नुहोस।

कांग्रेस हिन्दु राज्यको पक्षमा उभिदा नेकपालाई टाउको दुखाइ 

नेकपाका अध्यक्ष प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाउँदै बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट कांग्रेसपछि हटेको हो भने कांग्रेस नै समाप्त हुने चेतावनी दिएका थिए ।

प्रचण्डको अभिव्यक्तिको सोही समाचारमा गरेको कमेन्ट गरेकै आधारमा प्रधानलाई प्रहरीले पक्राउ गरेको कांग्रेस नेता थापाको भनाई छ ।

प्रधान पक्राउ परे लगत्तै काठमाडौंमा महासमिति वैठकमा रहेका कांग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी चितवन गएका थिए। प्रहरीले सामाजिक सञ्जालमा गाली वेइज्जती नगर्ने गरि प्रधानलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ। चितवन कांग्रेसले प्रधानलाई रिहा नगरे प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...