News Portal

यी हुन् सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु, नेपालको अवस्था कस्तो ?

हिमाली संचार संवाददाता
५३२ पटक

एजेन्सी : विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको देखाएको हो ।

स्पिडटेष्ट इन्टेलिजेन्स नामक डाटा प्लाटफर्ममा सन् २०१७ को डिसेम्बरदेखि नोभेम्बर २०१८ सम्मका इन्टरनेट डाटाको विश्लेषणका आधारमा विश्वका मुलुकहरुको इन्टरनेट गतिको सूची पनि जारी गरिएको छ ।

रिपोर्ट अनुसार सन् २०१८ मा विश्वमा मोबाइल इन्टरनेट स्पिडमा औषतमा १५ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१८ मा विश्वको मोबाइल इन्टरनेट डाउनलोड स्पिड २२.८२ एमबीपीएसमा १५.२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मोबाइल अपलोड स्पिडमा ९.१९ एमबीपीएसमा ११.६ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्ट अनुसार आइओएस डिभाइसको इन्टरनेट स्पिड एन्ड्रोइड डिभाइसमा बढी रहेको छ । यसको एउटा मुख्य कारण एप्पल डिभाइसहरु उच्च गतिको इन्टरनेट स्पिड रहेका मुलुकहरुमा बढी हुनु र एन्ड्रोइड स्मार्टफोनहरु विकासोन्मुख देशहरुमा समेत बढी प्रयोग रहनु समेत हुनसक्छ । यद्यपि, एन्ड्रोइड डिभाइसको डाउनलोड स्पिडमा १९ प्रतिशतले र अपलोड स्पिडमा १५.१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै सन् २०१८ मा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पिडमा मोबाइल इन्टरनेट स्पिडको वृद्धिदर भन्दा दोब्बरले बढेको छ ।

विश्वको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड गतवर्ष ४६.१२ एमबीपीएस रहेकोमा यो वर्ष २६.४ प्रतिशतले बढेको छ भने अपलोड स्पिड २२.४४ रहेकोमा २६.५ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा तिव्र गतिको मोबाइल इन्टरनेट भएका ५ मुलुक
नर्वे: ६३.१९ एमबीपीएस
आइसल्याण्ड: ५८.६८ एमबीपीएस
कतार: ५५.१७ एमबीपीएस
सिंगापुर: ५४.७१ एमबीपीएस
नेदरल्याण्ड: ५३.४२ एमबीपीएस

सबैभन्दा उच्च गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएका ५ देशहरु
सिंगापुर: १७५.१३ एमबीपीएस
आइसल्याण्ड: १५३.०३ एमबीपीएस
हंगकंग: १३८.३१ एमबीपीएस
दक्षिण कोरियाः ११४.६७ एमबीपीएस
रोमानिया: १०९.९० एमबीपीएस

नेपालको अवस्था कस्तो ?
स्पिड टेष्ट इन्डेक्स अनुसार सन् २०१८ मा नेपालको मोबाइल इन्टरनेट स्पिडमा सुधार भएको छ भने फिक्स्ड नेटवर्कमा अवस्था अघिल्लो वर्षकै जस्तो रहेको छ ।

मोबाइल इन्टरनेट स्पिडमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा १ स्थानले सुधार हुँदै १ सय १६ औँ अवस्थामा छ ।

त्यस्तै फिक्स्ड इन्टरनेटमा नेपाल ८९ औँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड इन्टरनेटको स्पिड १६.६६ एमबीपीएस रहेको छ भने मोबाइल इन्टरनेट स्पित ८.८८ एमबीपीएस रहेको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार विश्वको सबैभन्दा कमजोर मोबाइल इन्टरनेट ताजिकिस्तानको रहेको छ भने सबैभन्दा कमजोर फिक्स्ड इन्टरनेट अल्जेरियाको रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...