News Portal

मुख्यमन्त्री पोखरेल भन्छन – हजारौं केपी ओलीहरु जन्मिनुपर्छ !

हिमाली संचार संवाददाता
६३९ पटक

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मिडियामा सरकारले केही गरेन भनेर हलचल ल्याउन खोजिएपनि देशलाई अहिलेकै नेताले विकास र समृद्धिको यात्रामा लैजाने दावी गरेका छन् । उनले एउटा केपी ओलीले पुग्दैन भन्दै हरेक क्षेत्रमा सपना देख्ने हजारौं केपी ओलीहरु जन्मिनुपर्ने बताए ।

बुटवलमा आयोजित लुम्बिनी एक्सपोको उद्घाटन गर्दैमुख्यमन्त्री पोखरेलले सपना नदेखी केही प्रगति नहुने भन्दै एउटा केपी ओलीले नपुग्ने भएकोले विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौं ओलीहरु जन्मिनुपर्ने तर्क गरेका हुन् ।

सरकार सही बाटोमा हिँडेको दावी गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको बताए । अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने उनले बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...