News Portal

बाटोमा भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी !

हिमाली संचार संवाददाता
५७७ पटक

नवराज मैनाली
काठमाडाैं : बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीमा संलग्न विजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरूले ६८ करोड रुपैयाँ राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरूले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए । तर, एक रुपैयाँ पनि कर तिरेका थिएनन् । ‘कर छलीकै उद्देश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ,’ अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीले भने, ‘छानबिनमा तानिएमा आफूहरू जोगिने उद्देश्य उनीहरूको देखिन्छ ।’

ठगीमा सरकारी कर्मचारीहरूको पनि मिलेमतो रहेको आशंका प्रहरीले गरेको छ । त्यसैले पक्राउ गरिएका व्यक्ति, दर्ता गरिएको कम्पनी र नागरिकताधनीको नाम ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । ‘यसमा ठूलै गिरोहको संलग्नता छ जस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न सिआईबीका एक् अधिकारीले बताए ।

इन्स्योरेन्सका कर्मचारीहरू पक्राउ 
नक्कली बिमालेखा जारी गरी विदेश जाने कर्मचारीलाई ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका चार कर्मचारीसहित ६ जना पक्राउ परेका छन् । सिआइबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका एक प्रकाश रेग्मी सोही कम्पनीका पूर्वकर्मचारी हुन् । यसअघि पनि उनी यस्तै घटनामा पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त कालिमाटीले दायर गरेको मुद्दामा उनी एक लाख धरौटीमा छुटेका थिए ।

रेग्मीले प्राइम लाइफ इन्स्योरेन्सका एजेन्टका रुपमा काम गरेका थिए । उनीमार्फत बीमा गराई वैदेशिक रोजगारीमा गएका धादिङका गोकर्ण बिडारीको गत वर्ष मृत्यु भएको थियो । बीमा वापतको पैसा लिन इन्स्योरेन्स जाँदा बीमा नै नगरिएको र पैसा लिएर नक्कली कागजपत्र दिएको खुल्यो । अनुसन्धानको क्रममा पैसा आफैंले राखी रेग्मी लगायतका कर्मचारीले बदमासी गरेको खुलेको थियो ।

कालिमाटी वृत्तले प्राइम लाइफका सञ्चालहरू, सिईओ तथा कम्पनी सचिवलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । करिब चार वर्षअघि वल्र्ड वेयर मेनपावरबाट मलेसिया गएका १८ जनाले रेग्मीमार्फत बीमा गरेका थिए । उनीहरूलाई पनि बीमा गरेको नक्कली कागजपत्र दिएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ । अहिले पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा वैदेशिक रोजगारीमा गएका धेरै व्यक्तिहरूको नक्कली बीमा पोलिसी जारी गरी ठगी गरेको खुलेको छ ।

यसरी खुल्यो रहस्य
आन्तरिक राजस्व कार्यालयले कम्पनीधनीलाई कर तिर्न भन्दै पत्राचार गरेपछि घटना बाहिर आएको हो । खोल्दै नखोलेको कम्पनीको कर तिर्न पत्र आएपछि नागरिकताधनी अचम्मित भएका थिए । पछि बुझ्दा उनकै नागरिकताका आधारका कम्पनी स्थापना भएको पत्ता लाग्यो । आफूले कम्पनी नै नखोलेको बताएपछि छानबिन हुँदा उनको हराएको नागरिकताका आधारमा कम्पनी दर्ता गरिएको खुलेको हो ।

इन्स्योरेन्सका कर्मचारीहरू पक्राउ 
नक्कली बिमालेखा जारी गरी विदेश जाने कर्मचारीलाई ठगी गरेको आरोपमा प्राइम लाइफ इन्स्योरेन्सका चार कर्मचारीसहित ६ जना पक्राउ परेका छन् । सिआइबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले वैदेशिक रोजगारीमा गएका धेरैको नक्कली बिमा पोलिसी जारी गरी ठगी गरेको खुलेको छ । नयाँपत्रीका

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...