News Portal

कांग्रेस महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस

हिमाली संचार संवाददाता
५५७ पटक

काठमाडौं : नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । त्यतिबेला केहीबेर तनाव देखिएको थियो ।

नेता केसीले भने, ‘महासमिति बैठक सुरु भएको आज चार दिन भयो तर, पार्टीको विधान अझै आएन । पहिले विधान चाहियो त्यसपछि मात्रै बैठक प्रारम्भ गर्नुपर्छ भनेर म मञ्चमा बोल्दै थिएँ तर, प्रकाशसरण महतजी आएर माइक खोस्नुभयो ।

दुई नेता बीचको माइक खोसाखोसका कारण होहल्ला भएपछि बैठक अहिले स्थगित गरिएको छ । केसीले महासमितिको बैठकको मुख्य विषय नै पार्टीको विधान संशोधन भएकाले विधान छिटो प्रस्तुत हुनुपर्ने बताए ।

तर, नेताहरुबीच पदाधिकारीको संख्या कति राख्ने भन्नेमा विवाद भएकाले विधान अझै बैठकमा प्रस्तुत हुन सकेको छैन । विधान टुंगो लगाउने प्रयासमा सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा नेताहरुको बैठक बसे पनि सहमति जुटेको छैन ।

मंगलबार बिहान पनि देउवा पक्ष र पौडेल पक्षका नेताहरु छुट्टाछुट्टै बैठक बसेका थिए । तर, महासमिति बैठक स्थलमा महत र केसीबीचको विवाद भएको खबर पाएलगत्तै पार्टी सभापति शेरबहादुर देउवा महासमिति त्यता लागेका छन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...