News Portal

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

१८८ पटक

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित भेटघाटमा नेताहरूले निर्वाचनले मुलुकलाई राजनीतिक अन्योलबाट बाहिर ल्याएको बताएका हुन्।

प्रधानमन्त्री कार्कीको निमन्त्रणामा भएको छलफलमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत नेताहरू सहभागी थिए। भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन प्रक्रिया र आगामी रणनीतिका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलले खेलेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरिन्। उनले लोकतान्त्रिक विधिबाट देशलाई निकास दिन निर्वाचन महत्त्वपूर्ण आधार बनेको उल्लेख गर्दै विजयी उम्मेदवारहरूलाई बधाइ तथा अन्यलाई शुभकामना दिइन्।

नेताहरूले पनि प्रधानमन्त्रीको दृढता र नेतृत्व क्षमताका कारण छोटो अवधिमै निर्वाचन सम्पन्न हुन सकेको बताएका थिए। संयोजक प्रचण्डले समयमै निर्वाचन नभएको भए देश गम्भीर दुर्घटनातर्फ जान सक्ने अवस्था रहेको उल्लेख गर्दै निर्वाचन सफल बनाउनु ठूलो उपलब्धि भएको बताए।

पूर्वप्रधानमन्त्री नेपालले जटिल राजनीतिक परिस्थितिमा पनि सरकारको नेतृत्व प्रभावकारी देखिएको प्रतिक्रिया दिए। प्रधानमन्त्री कार्कीको इमान्दारिता र दृढ अडानका कारण मुलुकले स्थिरता पाएको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...