News Portal

मप विश्वविद्यालयका रजिस्ट्रार डा.मल्लको निलम्बन रोक्न सर्बोच्चको आदेश

हिमाली संचार संवाददाता
५६२ पटक

काठमाडौं : सर्वाेच्च अदालतले सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्र मल्ललाई गरेको निलम्बन रोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वाेच्चका न्यायाधीस डम्बर बहादुर शाहीको एकल इजलासले विश्वविद्यालयको सिनेटले वर्खास्त गरेका मल्लले दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो फैसला सुनाएको हो । गत मंसिर २० गते रजिष्ट्रार मल्ललाई निलम्बन गरिएको थियो भने सोही दिन रजिष्ट्रारमा यामबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरिएको थियो ।

नेपाली काँग्रेस निकट मानिएका मल्ललाई निलम्बन गरी नेकपा निकट मानिएका कार्कीलाई पदमा राख्न खोज्ने सिनेटको योजना अदालतको आदेशसँगै तत्कालको लागि रोकिएको छ। कार्की त्रिभुवन विश्वविद्यालय, केन्द्रीय स्वास्थ्य विभागका सह–प्राध्यापक हुन् । त्यहीँबाट उनी काजमा त्रिविकै शिक्षाशास्त्र संकायमा डिन थिए।

नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका सचिव विष्णुप्रसाद पोखरेलले मध्यपश्चिम विश्वविद्यालयमा हुन लागेको राजनीति अदालतको आदेशले रोकिएको बताएका छन् । उनले विश्वविद्यालयका उपकूलपति उपेन्द्रकुमार कोइरालाले पार्टीगत रिसिईबिका कारण उनलाई निलम्वन गर्न सिफारिस गरेको आरोप समेत लगाए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...