News Portal

पौष ९ मा भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउदै !

हिमाली संचार संवाददाता
५२४ पटक

काठमाडौं : भारती सांगीतिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउने सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन्। किस्मसको पूर्व सन्ध्यामा मेड्ली इमेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा राजधानीको दरबारमार्ग स्थित क्लब डेजाबुमा पौष ९ अर्थात डिसेम्बर २४ का दिन साँझ हुन लागेको सांगीतिक कार्यक्रममा आउने भएका छन।

गायक बर्माले “तुने मेरे जाना”, “मे तेरा ही रहु”, “मेरा जहा जहा, जस्ता चर्चित गीत प्रस्तुत गर्ने आयोजक मेड्ली इभेण्ड र डार्क हर्स इभेन्टले जानकारी दिएको छ। २८ बर्षिय गायक बर्माले भारतीय सांगीतिक क्षेत्रमा दर्जनौ गीत गाएर आफ्नो नाम स्थापित गराउन सफल भएका छन्।

उक्त कार्यक्रमको टिकट १५ सय देखी ३५ सय सम्म तोकिएको छ। टिकट खरिद गर्न चाहाने संगीतप्रेमीहरू ले अनलाइन सेवा वा CMD CAFE नक्साल, MOJO BOUTIQUE HOTEL पुरानो बानेश्वर हाईट अथवा मोवाइल नं- ९८४९०८२२४७ मा पनि सम्पर्क गरेर बुक गर्न सकिने आयोजकले बताएको छ।

बेलाबेलामा आयोजना गरिने यस्ता किसिमका सांगीतिक कार्यक्रमले आपसी मित्रतालाई अझै मजबुद बनाउने मद्दत पुग्ने मेड्ली इमेण्डका प्रबन्ध निर्देशक सुमित सिग्देल बताउछन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...