News Portal

पौष ९ मा भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउदै !

हिमाली संचार संवाददाता
५२२ पटक

काठमाडौं : भारती सांगीतिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउने सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन्। किस्मसको पूर्व सन्ध्यामा मेड्ली इमेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा राजधानीको दरबारमार्ग स्थित क्लब डेजाबुमा पौष ९ अर्थात डिसेम्बर २४ का दिन साँझ हुन लागेको सांगीतिक कार्यक्रममा आउने भएका छन।

गायक बर्माले “तुने मेरे जाना”, “मे तेरा ही रहु”, “मेरा जहा जहा, जस्ता चर्चित गीत प्रस्तुत गर्ने आयोजक मेड्ली इभेण्ड र डार्क हर्स इभेन्टले जानकारी दिएको छ। २८ बर्षिय गायक बर्माले भारतीय सांगीतिक क्षेत्रमा दर्जनौ गीत गाएर आफ्नो नाम स्थापित गराउन सफल भएका छन्।

उक्त कार्यक्रमको टिकट १५ सय देखी ३५ सय सम्म तोकिएको छ। टिकट खरिद गर्न चाहाने संगीतप्रेमीहरू ले अनलाइन सेवा वा CMD CAFE नक्साल, MOJO BOUTIQUE HOTEL पुरानो बानेश्वर हाईट अथवा मोवाइल नं- ९८४९०८२२४७ मा पनि सम्पर्क गरेर बुक गर्न सकिने आयोजकले बताएको छ।

बेलाबेलामा आयोजना गरिने यस्ता किसिमका सांगीतिक कार्यक्रमले आपसी मित्रतालाई अझै मजबुद बनाउने मद्दत पुग्ने मेड्ली इमेण्डका प्रबन्ध निर्देशक सुमित सिग्देल बताउछन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...