News Portal

कांग्रेसमा १५१ सदस्यीय केन्द्रीय समिति, महिलालाई ३३ प्रतिशत आरक्षण !

हिमाली संचार संवाददाता
४५० पटक

काठमाडौं : नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ । विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए ।

यसमा सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन् भने ४० प्रतिशत आरक्षणबाट आउनेछन् । महिलालाई ३३ प्रतिशत आरक्षण र अरुलाई जनसंख्याका आधारमा आरक्षण कायम गर्न नेताहरु सहमति नजिक पुगेका छन् ।

तर, पदाधिकारीको निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । एक नेताका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २/२/२ राख्ने सहमति भएको छ ।

तर, सभापति शेरबहादुर देउवा पक्षले एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित हुनुपर्ने अडान राखेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै मनोनित हुनुपर्ने अडान लिएका छन् । एक नेताका अनुसार निर्वाचन पद्धतीमा सहमति जुट्न नसकेपछि २/२ उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचित र एकएक मनोनित गर्ने विकल्प पनि छलफलमा आएको छ ।

यसो भएमा पदाधिकारी संख्या ११ जना पुग्नेछ । पदाधिकारीको निर्वाचन पद्धतिलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक साँझ ७ बजेका लागि फेरि बोलाइएको छ ।
यसैबीच खानाका लागि भनेर विहान ११ बजे स्थगित गरेको महासमिति बैठक सुरु हुन लागेको छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...