News Portal

कांग्रेसमा १५१ सदस्यीय केन्द्रीय समिति, महिलालाई ३३ प्रतिशत आरक्षण !

हिमाली संचार संवाददाता
४७१ पटक

काठमाडौं : नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ । विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए ।

यसमा सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन् भने ४० प्रतिशत आरक्षणबाट आउनेछन् । महिलालाई ३३ प्रतिशत आरक्षण र अरुलाई जनसंख्याका आधारमा आरक्षण कायम गर्न नेताहरु सहमति नजिक पुगेका छन् ।

तर, पदाधिकारीको निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । एक नेताका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २/२/२ राख्ने सहमति भएको छ ।

तर, सभापति शेरबहादुर देउवा पक्षले एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित हुनुपर्ने अडान राखेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै मनोनित हुनुपर्ने अडान लिएका छन् । एक नेताका अनुसार निर्वाचन पद्धतीमा सहमति जुट्न नसकेपछि २/२ उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचित र एकएक मनोनित गर्ने विकल्प पनि छलफलमा आएको छ ।

यसो भएमा पदाधिकारी संख्या ११ जना पुग्नेछ । पदाधिकारीको निर्वाचन पद्धतिलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक साँझ ७ बजेका लागि फेरि बोलाइएको छ ।
यसैबीच खानाका लागि भनेर विहान ११ बजे स्थगित गरेको महासमिति बैठक सुरु हुन लागेको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...