News Portal

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

२५५ पटक

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ। सदरमुकाम सिमिकोटदेखि उत्तरी भेगका नाम्खा गाउँसम्म जाने सडकहरू अवरुद्ध भएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट सिमिकोट जाने हवाई उडानहरू पनि रोकिएका छन्।

सदरमुकाममा कार्यालयहरू खुला राखेर आगो बालेर सेवाग्राहीलाई सेवा दिइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सरकारी कर्मचारीहरूले सिमिकोट विमानस्थलमा हिउँ सफा गर्ने काम तीव्र बनाएका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा मनोनयन दर्ता गरेका सातै दलका उम्मेदवारहरू हिमपातका बाबजुद गाउँ–गाउँमा प्रचार प्रसार जारी राखिरहेका छन्। स्थानीय बासिन्दाहरूले भने हिमपातले मङ्सिरमा रोपिएका जौँ, गहुँ र उवा बालीका लागि फाइदा पुगेको भन्दै खुसी व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...