News Portal

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

१९५ पटक

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक गतिविधि तीव्र भएको छ। माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेका थिए। त्यहाँ उनका समर्थक र पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरे।

जनकपुरधाममा आयोजित कार्यक्रममा बालेन र रवि लामिछाने सँगै मञ्चमा देखिए। पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ। आठ जिल्लाबाट ठूलो जनसमूह उपस्थित भएको यस कार्यक्रममा बालेनको क्रेज निकै देखियो।

तर, रवि लामिछाने विभिन्न अदालत मुद्दाका कारण सार्वजनिक सभा र घरदैलोमा सहभागी हुन सकिरहेका छैनन्। काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सामा मुद्दा विचाराधीन रहेकाले उपसभापति डोलप्रसाद अर्यालले चुनावी कमाण्ड सम्हालेका छन्।

रास्वपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीले सामाजिक लोकप्रियता भएका उम्मेदवारलाई प्राथमिकता दिएको जनाएको छ। नेताहरूका अनुसार रवि र बालेनको एउटै उद्देश्य पार्टीलाई बहुमत दिलाउनु हो।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...