News Portal

वर्तमान सरकार सनातन धर्म तहसनहस पार्ने दिशामा : महामन्त्री खड्का (भिडियो सहित)

हिमाली संचार संवाददाता
८०५ पटक

दीपक रेग्मी
काठमाण्डौं : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारनै नेपालको धर्मलाई तहसनहस पार्ने दिशामा अघि बढेको आरोप लगाएका छन । शनिबारबाट राजधानीमा शुरु भएको पार्टीको महासमिती बैठकको उद्घाटन सत्रमा बोल्दै महामन्त्री खड्काले नेपालको सामाजिक, धार्मिक सद्भाव र सनातन धर्मलाई तहसनहस पार्ने दिशामा सरकार अघि बढेको भन्दै आपत्ति प्रकट गरेका हुन ।

गौरबशाली ईतिहाँस बोकेको नेपाली काँग्रेसले नै संविधानसभाबाट जनताको संविधान जारी गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मार्गचित्र कारेको स्मरण गर्दै खड्काले संविधान जारी गरेको नायकत्व नेपाली काँग्रेसले किन लिन सकेन भन्ने विषयमा पनि महासमिती बैठकबाट ठोस निष्कर्ष निकाल्नुपर्ने बताए ।

खड्काले लोकतन्त्र, यस्का उपलब्धि र लोकतान्त्रिक संस्थाहरुलाई सिध्याउन सरकार लागिपरेको भन्दै लोकतन्त्र र लोकतान्त्रिक संस्थाहरुको रक्षाका निम्ति महासमिती बैठकले पार्टीलाई स्पष्ट दिशा देखाउनुपर्ने बताए ।

काँग्रेसमा आन्तरिक झगडा, गुटउपगुटका कारण पार्टी कमजोर बनेकोतर्फ संकेत गर्दै नेता खड्काले आन्तरिक कलहलाई न्यूनिकरण र निस्तेज पार्न महासमिती बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । पार्टी सभापतिको विरोध भईरहेको घुमाउरो शैलीमा संकेत गर्दै महामन्त्री खड्काले यहि नेतृत्वकै कारण तिनतहका निर्वाचन सम्पन्न भएर नयाँ संविधान कार्यान्वयनको आधार तयार भएको नबिर्सिन पनि सबैलाई आग्रह गरे ।

महासमिती बैठकमा सबैको नजर केन्द्रित रहेको भन्दै नेता खड्काले बैठकबाट पार्टी निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्न जरुरी रहेको बताए ।

भिडियोमा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...