News Portal

ए डिभिजन लिगः आर्मी र मनाङको प्रतिष्ठाको लडाइँ

हिमाली संचार संवाददाता
७४० पटक

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज लिग लिडर मनाङ मर्स्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा गर्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । यो खेलले पनि दुबै टिमको उपाधि होडको भविष्य निर्धारण गर्ने छ ।

विशेषगरी लिगको चौथो स्थानमा रहेको आर्मीलाई मनाङविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । हुन त अहिलेसम्म दुबै टिम अपराजित टिम हो । लिग लिडर मनाङले सात खेलबाट शतप्रतिशत जित हात पार्दै २१ अंक बनाएको छ । आर्मीले भने सात खेलबाट पाँच खेलमा जित र दुई खेलमा बराबरी खेल्दै १७ अंक बनाएको छ ।

आर्मी मनाङभन्दा चार अंकले मात्रै पछि रहेको छ । त्यस्तै, आजै ११ बजे हुने पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ । आफ्नो उपाधि होडलाई कायमै राख्नका लागि पनि पुलिसलाई जित्नै पर्ने दबाब छ । पुलिसको सात खेलबाट ११ अंक रहेको छ भने फ्रेन्ड्सको समान खेलबाट पाँच अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...