आज : २०२६-०७-०६, सोमबार

सामान्य भनाभनमा उद्धब घिमिरे र सुनितामी परियारको सम्बन्धको दुरी बढेपछि..(भिडियो सहित)

राजु बोहरा/काठमाडौँ : स्थायी घर दोलखा जिल्ला तर हाल काठमाडौँलाई सांगीतिक कर्मथलो मानिरहेका बहुप्रतिभासाली कलाकार उद्धब घिमिरेको पछिल्लो प्रस्तुति “मेरी माया” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । कुनै पनि गीतमा  लय, शब्द र स्वर भर्नु मात्र होइन, बिभिन्न गीत संगीतको म्युजिक भिडियोमा अभिनय गरेर अशंख्य दर्शकहरुको मन समेत जितिसकेका उद्धबको यस गीतमा उनलाई गायिका सुनितामी परियारले स्वरमा साथ दिएकी छिन् ।

बिशेष गरेर आफुले माया गरेको मान्छे आफुबाट रिसाएको भान भएपछी मनले नै मनलाई प्रश्न चिन्ह खडा गरिएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि उनै प्रतिभासाली कलाकार उद्धबले नै तयार पारेका हुन् । गीत निकै कर्णप्रिय बनेको छ ।

त्यसै कर्णप्रियता र मनछुने भावलहरीलाई म्युजिक भिडियोमा झनै प्रष्ट्याउने कोसिस गरिएको छ । उद्धब घिमिरेकै नामको युट्युब च्यानलबाट सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा सुजित बि.क र आयुषा कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मिन रावलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://youtu.be/aWVg8NIfrvw