News Portal

नेता रिहाइको माग गर्दै तीन विद्यार्थी संगठनले दिए अान्दोलनको चेतावनी (बिज्ञप्तीसहित)

हिमाली संचार संवाददाता
४५६ पटक

काठमाडौं : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा बिभिन्न ठाउँबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

सत्तारुढ अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु -क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संयुक्त विज्ञप्ति निकाली विद्यार्थीहरुलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मप विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बन गरी नयाँ रजिष्ट्रार नियुक्त गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । ऐन, कानून मिचेर रजिष्ट्रार निलम्बन गरिएको भन्दै उनीहरु उपकुलपति उपेन्द्र कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनलाई सहयोग गरेको भन्दै प्रहरीले सोमबार नेविसंघका केन्द्रीय सदस्य विवेक आचार्यलाई नेपालगञ्जबाट, अखिल -क्रान्तिकारी)का केन्द्रीय सदस्य देवीचन्द्र उपाध्यायलाई काठमाडौंबाट र अनेरास्ववियुका नेता तथा मप विश्वविद्यालयका सचिव भरत शाहीलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

मंगलबार पनि मप विश्वविद्यालयका स्ववियु सभापति झकबहादुर शाही, कोषाध्यक्ष सुशील भट्टराई र नेविसंघ नेता मोहन राना पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...