News Portal

कांग्रेस महासमिति बैठक : साँझको गास र बास आफ्नै जिम्मा

हिमाली संचार संवाददाता
५१४ पटक

काठमाडौं : नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट पनि महासमिति सदस्यहरु आउनेछन् । महासमिति सदस्यहरु सम्पर्कमा आउने र रजिस्ट्रेसन तथा दस्तावेज वितरण २८ गते नै हुनेछ ।

महासमिति बैठक आयोजनाको व्यवस्थापनको जिम्मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिलाई दिइएको छ । कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँका अनुसार महासमिति बैठकको तयारी लगभग पूरा भइससकेको छ ।

कार्यक्रम स्थल पार्टी कार्यालयबाट सिंहदरबार अगाडि रहेको योगम्बर पार्टी प्यालेसमा सरेको छ । महासमिति सदस्यहरुलाई विहानको खाजा, खाना र दिउँसोको खाजा पार्टीले खुवाउनेछ । ‘साँझको खाना र बासको व्यवस्था आफैंले गर्नुपर्ने भन्ने पार्टीको परिपत्र छ’ बानियाँले अनलाइनखबरसँग भने, ‘यसबारे अन्तिम टुंगो भोलि लाग्छ ।’

प्रचार प्रसारको जिम्मा स्थानीय तहहरुलाई दिइएको छ । यति गर्दा पनि डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ । धेरै खर्च भने खाना र खाजामा हुनेछ । ‘१४ सय महासमिति सदस्य हुन्छन्, नेताहरुसँग आउने सुुरक्षाकर्मी, ड्राइभर सबै गर्दा १६÷१७ सय मानिसले ५ दिनसम्म खाना र खाजा खान्छन्’ बानियाँले भने ।
खानाको मेनु लगभग तयार भएको छ । दाल, भात, तरकारी र मासु राख्ने योजना छ ।

कहाँबाट जुट्छ खर्च ?

कांग्रेसले महासमिति बैठकको व्यवस्थापनको जिम्मा उपत्यकाका तीन जिल्लालाई दिएको छ । तर, पार्टी सहयोग तथा चन्दा उठाउने अनुमति पनि दिइएको छैन ।

उसो भए खर्चको जाहो कसरी हुन्छ ? काठमाडौं सभापति बानियाँ भन्छन्, ‘रजिष्ट्रेसन शुल्क एक हजार तोकिएको छ । यसबाट पनि केही रकम जम्मा हुन्छ ।’
यसबाहेक केन्द्र र प्रदेशमा सांसद रहेका नेताहरुसँग थप रकम लिने योजना छ । तर, कति भन्ने अझै टुंगिएको छैन । अपुग रकम पार्टीले व्यहोर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...