News Portal

कांग्रेस महासमिति बैठक : साँझको गास र बास आफ्नै जिम्मा

हिमाली संचार संवाददाता
५७३ पटक

काठमाडौं : नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट पनि महासमिति सदस्यहरु आउनेछन् । महासमिति सदस्यहरु सम्पर्कमा आउने र रजिस्ट्रेसन तथा दस्तावेज वितरण २८ गते नै हुनेछ ।

महासमिति बैठक आयोजनाको व्यवस्थापनको जिम्मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिलाई दिइएको छ । कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँका अनुसार महासमिति बैठकको तयारी लगभग पूरा भइससकेको छ ।

कार्यक्रम स्थल पार्टी कार्यालयबाट सिंहदरबार अगाडि रहेको योगम्बर पार्टी प्यालेसमा सरेको छ । महासमिति सदस्यहरुलाई विहानको खाजा, खाना र दिउँसोको खाजा पार्टीले खुवाउनेछ । ‘साँझको खाना र बासको व्यवस्था आफैंले गर्नुपर्ने भन्ने पार्टीको परिपत्र छ’ बानियाँले अनलाइनखबरसँग भने, ‘यसबारे अन्तिम टुंगो भोलि लाग्छ ।’

प्रचार प्रसारको जिम्मा स्थानीय तहहरुलाई दिइएको छ । यति गर्दा पनि डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ । धेरै खर्च भने खाना र खाजामा हुनेछ । ‘१४ सय महासमिति सदस्य हुन्छन्, नेताहरुसँग आउने सुुरक्षाकर्मी, ड्राइभर सबै गर्दा १६÷१७ सय मानिसले ५ दिनसम्म खाना र खाजा खान्छन्’ बानियाँले भने ।
खानाको मेनु लगभग तयार भएको छ । दाल, भात, तरकारी र मासु राख्ने योजना छ ।

कहाँबाट जुट्छ खर्च ?

कांग्रेसले महासमिति बैठकको व्यवस्थापनको जिम्मा उपत्यकाका तीन जिल्लालाई दिएको छ । तर, पार्टी सहयोग तथा चन्दा उठाउने अनुमति पनि दिइएको छैन ।

उसो भए खर्चको जाहो कसरी हुन्छ ? काठमाडौं सभापति बानियाँ भन्छन्, ‘रजिष्ट्रेसन शुल्क एक हजार तोकिएको छ । यसबाट पनि केही रकम जम्मा हुन्छ ।’
यसबाहेक केन्द्र र प्रदेशमा सांसद रहेका नेताहरुसँग थप रकम लिने योजना छ । तर, कति भन्ने अझै टुंगिएको छैन । अपुग रकम पार्टीले व्यहोर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...