News Portal

राप्रपा अब पहिलो वैकल्पिक पार्टी बन्ने कमल थापाको दाबी

हिमाली संचार संवाददाता
५२४ पटक

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो र पहिलो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् ।

पार्टीको ३ नं कमिटीले सोमबार हेटौँडामा गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।

फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रशिक्षण कार्यक्रमलाई राप्रपाका केन्द्रीय नेताहरु भुवन पाठक, तोरणबहादुर गुरुङ, रोशन कार्की, राजाराम बर्तौलालगायतले सम्बोधन गरेका थिए । रासस

प्रतिकृया दिनुहोस्

मतगणना अपडेट : समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य...

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...