News Portal

संघीय मन्त्री ठूलो कि मुख्यमन्त्री ? अब मर्यादाक्रम हेरेफेर

हिमाली संचार संवाददाता
४८५ पटक

काठमाडौं : संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम समायोजन गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि यसको समायोजन हुन लागेको हो ।

सोमबार सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा पनि मर्यादाक्रमको विषयमा छलफल भएको बैठकका एक सहभागीले बताए ।

प्रदेश र स्थानीय तहका पदाधिकारीको आपत्तिपछि यसअघि नै मर्यादाक्रम समायोजन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगे पनि संघीय सरकारका मन्त्रीहरुको स्वार्थका कारण पारित हुन नसकेको आरोप लागेको थियो ।

गृहमन्त्रालय मार्फत अघि बढेको मर्यादाक्रम समायोजनको प्रस्ताव चाँडै पारित हुने आश्वासन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठकमा दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री ठूलो कि संघीय मन्त्री ?

संघीय सरकारका मन्त्रीहरुले मुख्यमन्त्रीभन्दा आफ्नो बरियता माथि हुनुपर्ने भनेका छन् । तर, प्रधानमन्त्री ओली स्वयंले सबै प्रदेशसभाका बैठकमा सम्बोधन गर्ने क्रममै संघीय सरकारका मन्त्रीभन्दा मुख्यमन्त्रीको बरियता माथि राखेका थिए । अब सोही आधारमा मर्यादाक्रम निर्धारण हुन लागेको बताइएको छ ।

यसलाई मिलाउने क्रममा मुख्यमन्त्री र संघीय सरकारका मन्त्रीहरुको हैसियत बराबर हुने, तर प्रदेशमा जाँदा मुख्यमन्त्री माथि र केन्द्रमा संघीय सरकारका मन्त्री माथि रहने गरी मिलाउन लागिएको स्रोतले बतायो । भारतको समेत मोडल हेरेर यस्तो व्यवस्था गर्न लागिएको उच्च स्रोतको भनाइ छ ।

अहिले प्रदेश सरकारका मन्त्रीलाई संघीय संसदका सांसदहरुभन्दा पनि तल राखिएकाले अब प्रदेश सरकारका मन्त्रीको हैसियत प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सरह गरिने भएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले अनलाइनखबरलाई बतायो ।
त्यस्तै प्रदेशसभाका सदस्यहरुको मर्यादाक्रम नेपाल सरकारका विशिष्ठ श्रेणीका कर्मचारीसरह वा सो भन्दा माथि कायम गरिने गृहकार्य थालिएको छ । त्यस्तै प्रदेशसभाका सभामुखलाई संघीय संसदका सांसद सरहको मर्यादाक्रममा राखिने भएको छ ।

एवं रीतले स्थानीय तहका जनप्रतिनिधिहरुको पनि मर्यादाक्रम हेरफेर गर्न लागिएको छ । गाउँपालिका अध्यक्षको मर्यादाक्रम नेपाल सरकारको उपसचिवभन्दा माथि राखेर समायोजन गर्न लागिएको स्रोतले जानकारी दिएको अनलाइनखबरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...