News Portal

मंसिर २९ गते नेकपामा घमासान हुने, भीम रावलदेखि घनश्याम भुसालसम्म मैदानमा

हिमाली संचार संवाददाता
५३४ पटक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई चार नेताले बहिष्कार गरेपछि आगामी मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

नेकपाभित्रै लामो समयदेखि सचिवालय बैठक बोलाउन माग गरिँदै आएको थियो । सचिवालयका नाममा ठूलो पार्टीलाई बन्धक बनाएर २–४ नेताले निर्णय गर्ने तथा स्थायी कमिटी र केन्द्रीय कमिटीलाई गुम्राहमा राखेको भन्दै विरोध हुँदै आएको थियो ।

स्थायी कमिटी बैठकमा अब भीम रावल, योगेश भट्टराई र घनश्याम भुसाल लगायतका प्रभावशाली नेता मैदानमा उत्रिने छन् । पार्टी र सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थायी कमिटीका नेताहरूले खुलेआम आलोचना गर्ने गरेका छन् ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै बहिष्कार गरेर शीर्ष चार नेता हिँडेपछि पार्टी नेतृत्व बैठक आह्वान गर्न बाध्य भएको हो । पार्टीमा विवाद बढेपछि नेताहरूले लामो समयदेखि स्थायी समिति बैठक बोलाउन माग हुँदै आएको थियो ।

बैठक मंसिर २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । सचिवालय बैठकमा सहभागी हुन वालुवाटार गएका नेकपाका चार सचिवालय सदस्यहरू बैठक सुरु नहुँदै बालुवाटारबाट बाहिरिएका थिए ।

शनिबार निर्धारित दिउँसो ३ बजेको लागि तय गरिएको सचिवालय बैठकमा सहभागी हुन बालुवाटार पुगेका वरिष्ठ नेता माधव कुमार नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बैठकमै सहभागी नभइकन हिँडेका हुन् । तोकिएको समयमा बैठक सुरु नभएपछि नेताहरु रिसाएर बाहिरिएका थिए ।

पार्टी एकीकरणका बाँकी कामको टुंगो लगाउने लगायत विषयमा छलफल गरेर टुंगो लगाउनका लागि भन्दै शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै शनिबारसम्मको लागि स्थगित भएको थियो ।

शनिबार पनि चार नेताहरु हिँडेपछि बैठक भाँडिएको थियो । त्यसपछि उपलब्ध नेताले बैठक बसेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेका छन् ।

नेकपाको गत मंसिर १२ गते बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो । नामावलीमा नेपाल लगायतको नेताको असन्तुष्टि रहेको थियो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...