News Portal

मंसिर २९ गते नेकपामा घमासान हुने, भीम रावलदेखि घनश्याम भुसालसम्म मैदानमा

हिमाली संचार संवाददाता
४७४ पटक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई चार नेताले बहिष्कार गरेपछि आगामी मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाइएको छ ।

नेकपाभित्रै लामो समयदेखि सचिवालय बैठक बोलाउन माग गरिँदै आएको थियो । सचिवालयका नाममा ठूलो पार्टीलाई बन्धक बनाएर २–४ नेताले निर्णय गर्ने तथा स्थायी कमिटी र केन्द्रीय कमिटीलाई गुम्राहमा राखेको भन्दै विरोध हुँदै आएको थियो ।

स्थायी कमिटी बैठकमा अब भीम रावल, योगेश भट्टराई र घनश्याम भुसाल लगायतका प्रभावशाली नेता मैदानमा उत्रिने छन् । पार्टी र सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थायी कमिटीका नेताहरूले खुलेआम आलोचना गर्ने गरेका छन् ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै बहिष्कार गरेर शीर्ष चार नेता हिँडेपछि पार्टी नेतृत्व बैठक आह्वान गर्न बाध्य भएको हो । पार्टीमा विवाद बढेपछि नेताहरूले लामो समयदेखि स्थायी समिति बैठक बोलाउन माग हुँदै आएको थियो ।

बैठक मंसिर २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । सचिवालय बैठकमा सहभागी हुन वालुवाटार गएका नेकपाका चार सचिवालय सदस्यहरू बैठक सुरु नहुँदै बालुवाटारबाट बाहिरिएका थिए ।

शनिबार निर्धारित दिउँसो ३ बजेको लागि तय गरिएको सचिवालय बैठकमा सहभागी हुन बालुवाटार पुगेका वरिष्ठ नेता माधव कुमार नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बैठकमै सहभागी नभइकन हिँडेका हुन् । तोकिएको समयमा बैठक सुरु नभएपछि नेताहरु रिसाएर बाहिरिएका थिए ।

पार्टी एकीकरणका बाँकी कामको टुंगो लगाउने लगायत विषयमा छलफल गरेर टुंगो लगाउनका लागि भन्दै शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै शनिबारसम्मको लागि स्थगित भएको थियो ।

शनिबार पनि चार नेताहरु हिँडेपछि बैठक भाँडिएको थियो । त्यसपछि उपलब्ध नेताले बैठक बसेर स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेका छन् ।

नेकपाको गत मंसिर १२ गते बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो । नामावलीमा नेपाल लगायतको नेताको असन्तुष्टि रहेको थियो ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...